arrow

क्वारेन्टाइनमै कमलाले छोरो पाइन्

logo
रासस,
प्रकाशित २०७७ वैशाख १७ बुधबार
Surkhet-hamrakura-news.jpeg

सुर्खेत । पश्चिम सुर्खेतमा क्वारेन्टाइन बसेकी एक महिला सुत्केरी भएकी छिन् । पञ्चपुरी नगरपालिकाले विद्यापुर क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेकी कमला नेपाली मङ्गलबार बिहान छोरा जन्माएकी हुन् । 
 
नगरप्रमुख उपेन्द्रबहादुर थापाले कमलालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्यचौकी लगिएको बताए । आमा र शिशु दुवैको अवस्था सामान्य रहेको स्वास्थ्य चौकीले जनाएको छ । 

नगरप्रमुख थापाका अनुसार सुत्केरी भएपछि उनलाई होम क्वारेन्टाइनमै राखिने गरी पठाइनेछ । पञ्चपुरी–६ छाप्रेकी कमला चितवनबाट वीरेन्द्रनगर हुँदै आइतबार श्रीमान्सँगै विद्यापुर पुगेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ