arrow

काठमाडौंबाट फर्केकालाई सास्ती, कोरोना सार्ने डरले पालिकाहरुले लगाए क्वारेन्टाइनवास 

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७७ वैशाख १७ बुधबार
panchthar-district1.png

पाँचथर । राजधानीबाट घर फर्किएकाहरु तत्काल घर जान नपाउने भएका छन् । पालिकाले बनाएका क्वारेन्टाइनमा बसेका नागरिकहरु तत्कालै घर जान नपाउने भएका हुन् । 

कम्तीमा पनि उनीहरु डेढ हप्तासम्म क्वारेन्टाइनमा बसेर आरडिटी परिक्षण गरेर मात्रै घर जान पाउने भएका हुन् । कोरोनाको शंका गर्दे गाँउघरमा स्थानिय त्रसित बनेको गुनासो आएपछि उनीहरुलाई कम्तीमा पनि डेढ हप्ता क्वारेन्टाइनमा राखेर मात्रै घर पठाउने तयारी भरहेको जनस्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमणि सुवेदीले जानकारी दिए ।

जिल्लामा ९ सय किट भने आएको र किट गाउँपालिका तहमा समेत पठाइसकिएको उनले बताए । किट््स नभएपछि जिल्लामा परिक्षण प्रभाबित भएको थियो । किट आएको भए पनि तत्काल परिक्षण गरेर घर पठाउने अवस्था नभएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय फाल्गुनन्द गाउँपालिकाको जलसिंह माबि चिम्फुला, फालेलुङ १ को सरस्वती माबि, हिलिहाङ ६ को सिद्धेश्वरी माबि, कुम्मायक र तुम्बेवा गाउँपालिकाको विभिन्न स्थानमा ठुलो संख्यामा नागरिक राखिएको छ ।

पालिकाले बनाएका क्वारेन्टाइनको ब्यवस्थापनमा समस्या भएको छ । खाने बस्ने र अरु आवश्यकिय प्रबन्ध हुन नसक्दा आउने नागरिकले सास्ती भोगिरहेका छन ।

गत चार दिन यता जिल्लामा ४ सय ६७ नागरिकहरु फर्किएर अहिले क्वारेन्टाइनमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ