arrow

लकडाउनमा धनकुटामा बजार अनुगमन

logo
प्रकाशित २०७७ वैशाख १७ बुधबार
dhankuta-bazar.JPG

धनकुटा । दैनिक उपभोग्य समाग्रीहरुको निर्यात, आर्यात र मौजाद तथा मुल्यको अवस्था लगायत विविध बिषयमा धनकुटा उद्योग बाणिज्य संघले बजार अनगुमगन गरेको छ ।

लक डाउनको सयममा धनकुटा बजारमा दैनिक उपभोग्य तथा अत्यवाश्यक वस्तुहरु समाग्रीहरुको आर्यात,निर्यात,मौजाद तथा मुल्यको अवस्थाको वारेमा धनकुटा उद्योग बाणिज्य संघले आन्तरीक रुपमा अनुगमन गरेको हो ।

दैनिक उपभोग्य समाग्रहरु तथा अत्यावाश्यक समाग्रीहरुको ढुवानी र मौजादको वारेमा व्यापारी तथा व्यावसायीहरुको गुनासो र  दैनिक उपभोग्य वस्तु तथा अत्यावाश्यक वस्तुहरुको मुल्यको विषयमा उपभोक्ताहरुको जनगुनासो आउन शुरु गरेकोले धनकुटा उद्योग बाणिज्य संघले धनकुटा बजारमा आन्तरीक अनुगमन गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

धनकुटाका व्यापारी तथा व्यावसायीहरुको पसल पसलमा गई व्यापारी तथा व्यावसायीहरुसंग अनुगमनको क्रममा भेटघाट गरी उनीहरुलाई  आ–आफ्नो पसलमा मुल्य सूची अनिवार्य राख्न,म्याद सकिएको र अखाद्य वस्तुहरु विक्री वितरण नगर्न र सामाजिक दुरी कायम गरी मास्क अनिवार्य लगाएर र सेनिटाइजरको प्रयोग गरेर मात्र सामान तथा वस्तुहरु विक्री वितरण गर्न अनुरोध गरिएको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यष रुपेश श्रेष्ठले बताए । 

दैनिक उपभोग्य समाग्रीहरु निर्यात तथा आयात लगायत व्यापार व्यवसायमा समस्या परेमा धनकुटा उद्योग बाणिज्य संघले सहजीकरण गर्ने बताउँदै  ढुक्क रहेर व्यापार व्यावसाय गर्न समेत धनकुटा उद्योगी व्यापारी तथा व्यवसायीहरुलाई अध्यक्ष राईले विश्वास दिलाए ।

धनकुटा जिल्लाका सबै बजार क्षेत्रहरुमा क्रमशः धनकुटा उद्योग बाणिज्य संघले बजार अनुगमन निरन्तर रुपमा गर्ने धनकुटा उद्योग बाणिज्य संघका महासचिव राम वहादुर गोङ्वा तमाङ्गले जानकारी दिए ।

धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा दैनिक उपभोग्य वस्तु तथा समाग्रीहरुको निर्यात तथा आयात गर्नका लागी व्यापारी तथा व्यवसायीहरुलाई सहज बनाई दिनका लागी स्थानीय तहको सरकार , स्थानीय प्रशासन, सुरक्षाकर्मीहरु तथा छिमेकी जिल्लाका नगर तथा जिल्ला उद्योग वाणिज्य संघहरु सप्लार्यस, उद्योगहरु, मिलहरुसंग समन्वय गरी सहयोग गरिरहेको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ