arrow

लकडाउनमा फसेका ९३ प्यूठानीलाई प्रमोद पोखरेलद्धारा उद्दार

logo
प्रकाशित २०७७ वैशाख १७ बुधबार
95472729_2713018122302590_6.jpg

प्यूठान । नेपाली कांग्रेस प्यूठानले कोरोना भाइरस महामारी फैलिन नदिन सरकारले लगाएको लकडाउनका कारण बिपतमा परेका मजदुर तथा विद्यार्थी उद्दार गर्ने प्यूठान कांग्रेस नीति अनुसार कांग्रेस युवा नेता तथा महाधिवेशन प्रतिनिधि प्रमोद पोखरेलले ९३ जनालाई उद्दार गरेको बताएका छन् । 

काठमाडौंबाट ८१ जना र बुटवलबाट १२ जना बिपतमा परेका मजदुर तथा विद्यार्थीलाई ५० प्रतिशत भाडा सहुलियतमा उद्दार गरिएको युवा नेता पोखरेलले बताए । 

प्युठानको झिमरुक गाउँपालिकाका ५६ जना,  मल्लरानी गाउँपालिकाका २२ जना, प्युठान नगरपालिका ९ का ३ जना, गौमुखी गाउँपालिकाका ४ जना, नौबहिनी गाउँपालिकाका १ जना, स्वर्गद्वारी नगरपालिकाका ५ जना र छिमेकी जिल्ला गुल्मी र अर्घाखाँचीका एक एक जना गरी  ९३ जनालाई पोखरेलको सहयोगमा उद्दार गरिएको हो । 

प्युठानका अन्य स्थानीय तहले आफ्ना नागरिक उद्दार गरिरहे पनि झिमरुक गाउँपालिका सरकारले बिपतमा परेकालाई उद्दार नगरी जिल्लाबाहिरबाट पालिका प्रवेशमा रोक लगाएपछि कांग्रेस युवा नेता तथा महाधिवेशन प्रतिनिधि प्रमोद पोखरेलले उद्दार गरेका हुन् । 

पोखरेलले दुई दिनदेखि भोकभोकै आएकाहरुलाई प्युठानको ब्यापारिक केन्द्र बाग्दुलामा खाजासमेत खुवाउने व्यबस्था मिलाएको थियो ।  

जुस, बिस्कुट,चाउचाउ र पानी बाँड्दै कांग्रेस सभापति अम्मर भण्डारी, युवा नेता प्रमोद पोखरेल, नगर सचिव पदम थापा सहितले स्वागत गरेका थिए । स्थानिय बजारबासीले पनि सामाजिक दूरी कायम गर्दै स्वागत गरेका थिए । 

कांग्रेस युवा नेता पोखरेलले उदाहरणीय काम गरेको कानुन ब्यबसायी डाक्टर शिवराज पण्डितले बताए । डा पण्डितले भने, ‘पोखरेलले जस्तै अरुले पनि गरिब विपन्न र बिपतमा परेकाकालाई राहत र उद्दारमा खट्न अपिल गर्नु भयो ।’ यो संकटको घडीमा जहाँ जसरी सकिन्छ त्यसैगरी सहयोग गरे वास्तविक पीडितलाई राहत हुने बताए ।  

प्युठानका अन्य स्थानिय सरकारले आफ्ना जनता उद्दार गरे पनि झिमरुक गाउँपालिकाको स्थानिय सरकारले भने गाउँपालिका प्रबेशमा रोक लगाएको छ । गाउँपालिकाले रोक लगाएकोप्रति जनता दुःखी छन्।  

कांग्रेस प्युठानले पालिकाले गलत निर्णय गरेको भन्दै निर्णय सच्याउन चेतावनी दिएको छ । उता झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसीले भने सरकारको निणर्य भन्दा बाहिर गएर कांग्रेसले सस्तो लोकप्रियताको पछि लागेको आरोप लगाएका छन् । 

प्युठान जिल्लाका जनता जुन काठमाडौंसहित अन्य ठाउँमा बिपतमा परेका नागरिकलाई राहत र उद्दारमा निरन्तर खटेर सहयोग गरेकोप्रति जिल्लाबासीले धन्यवाद दिनु पर्ने नागरिक अभियान्ताहरुले बताएका छन् । 

बिपतको बेला माननीयहरुको भुमिका भन्दा कांग्रेस नेता डाक्टर गोविन्द पोखरेलको भुमिका बढी देखियो भन्दै सर्वसाधारणले चोक चोकमा चर्चा गरिरहेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ