arrow

नेपाली कांग्रेस व्यास नगर समितिद्धारा ५ लाख हस्तान्तरण

logo
प्रकाशित २०७७ वैशाख १७ बुधबार
corona-relief-fund-tanahu.jpg

दमौली। नेपाली काग्रेस व्यास नगर समितिले व्यास नगरपालिकाको राहत कोषमा ५ लाख सहयोग हस्तान्तरण गरेको छ। कोभिड १९ को असरबाट प्रभावित विपन्न तथा मजदुरहरुको सहयोगार्थ नगर समितिले सो रकम नगरपालिकाको राहत कोषमा हस्तान्तरण गरेको हो।

नगर समितिले आज कार्यक्रम आयोजना गरी व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरेको हो। रकम नेपाली काग्रेस व्यास नगर समितिका सभापति शान्तिरमण वाग्लेले हस्तान्तरण गरेका  थिए। रकम हस्तान्तरण गर्दै नगर सभापति वाग्लेले पीडितहरुलाई राहत पुगोस भन्ने उदेश्यले काग्रेसको नगर समितिले रकम हस्तान्तरण गरेको बताएका थिए ।साथै  यो सहयोगले काग्रेस दुःखको घडीमा समेत जनताको साथमा छ भन्ने सन्देश दिएको समेत नगर सभापति वाग्लेको भनाई रहेको थियो।

त्यस्तै नगर समितिले हस्तान्तरण गरेको रकम ग्रहण गर्दै नगरप्रमुख न्यौपानले रकम सहयोग गरेकोमा नगर समितिलाई धन्यवाद दिएका थिए ।साथै संकलन भएको रकम विवाद रहित ढंगले वितरण गर्ने समेत प्रमुख न्यौपानेको भनाई थियो। हस्तान्तरण कार्यक्रममा बोल्दै आर्थिक सहयोग संकलन समितिका संयोजक एवं नगर सहसचिव डम्बर अधिकारीले राहत संकलनको विषयमा  प्रकाश पारेका थिए ।साथै पार्टी स्थानपना काल देखि आज घडीसम्म काग्रेस सधै जनताको पक्षमा रहेको अधिकारीको भनाई थियो । कार्यक्रममा  सचिव मोहन कुमार श्रेष्ठले समेत बोलेका थिए।

यसैबीच आजै बसेको नगर समितिको बैठकले सम्पूर्ण सहयोगदाताहरुलाई हार्दिक धन्यवाद दिएको छ। यसैगरी आज वडा नं ९ बाट १८ हजार ५ सय  र वडा नं १४ बाट १८ हजार रुपैयाँ समेत प्राप्त भएको थियो ।उक्त रकम नगर  सभापति शान्तिरमण वाग्लेलाई हस्तान्तरण गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ