arrow

आमा वितेको चारदिनपछि इरफान खानले त्यागे शरिर

logo
प्रकाशित २०७७ वैशाख १७ बुधबार
Irfan-Khan.jpg

काठमाडौं । क्यान्सरसँग जुधिरहेका भारतीय अभिनेता  इरफान खानको बुधबार बिहान अस्पतालमा  निधन भएको छ। खानको स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईस्थित कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । ५४ वर्षीय खान दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। 

इरफान खान थिएटरबाट सिनेमाबाट आएका थिए। जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम फिल्म ‘अंग्रेजी मिडियम’मा अभिनय गरेका थिए। 

गत वर्ष लन्डनमा उपचार गराएर फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै डाक्टरको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराइरहेका थिए । ‘अंग्रेजी मिडियम’ छायांकनका बेला पनि उनको स्वास्थ्यमा समस्या आएको बताइएको थियो । उनको स्वास्थ्य अवस्थाका कारण केही समय छायांकन पनि रोकिएको थियो ।

चारदिन अघि गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा जान पाएनन् । उनी भिडियो कन्फरेन्समार्फत आमाको अन्तिम संस्कारमा सहभागी भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । 

खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए। बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लगबस्टर सिनेमामा काम गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ