arrow

राहात लिन गएकालाई प्रहरीले कुट्यो

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ वैशाख १७ बुधबार
janakpur1.png

जनकपुरधाम। प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरमा राहत लिन जाँदा प्रहरीले एक जनामाथि निर्घात कुटपीट गरेको छ।

लकडाउनको कारण विपन्न, गरिब तथा ज्यालादारी मजदुरहरुको घरमा चुल्हो बल्न छाडेपछि स्थानीय सरकारले वितरण गर्न थालेको खाद्यान्न सामग्री लिन पुगेका एक जना लाई प्रहरीले निर्घात कुटपिट गरी कानको जाली फुटाइदिएको आरोप लागेका छन ।

जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ४ मा वितरण हुँदै आएको राहत लिन पुगेका भारतको विहार निवासी सुजित साहलाई प्रहरीले कुटपीट गरेको आरोप लागेको छ।

जनकपुरमा लामो समयदेखि ठेला चलाएर आफ्नो गुजारा गर्दै आएका साहलाई लकडाउनले समस्या परेकाले उनी पनि राहत सामग्री लिन तिरहुतीय गाछी पुगेका थिए । त्यहाँ प्रहरीले भिड नियन्त्रण गर्ने क्रममा उनीमाथि एक्कासी आएर लाठी प्रहार गरेको थियो।

प्रहरीले लाठी चार्ज गर्दा आफ्नो टाउको र कानमा चोट लागेर रगताम्य भएको र कानको जाली फुटेर सुन्न सक्ने क्षमता नै गुमाएको पीडित साहले जानकारी दिएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ