arrow

लकडाउनमा विश्वप्रकाश र एलपीले गृहमन्त्रीसँग समन्वय गरि ५३८ जनालाई ल्याए झापा

logo
प्रकाशित २०७७ वैशाख १७ बुधबार
lockdown-ktm.jpg

झापा । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेपछि काठमाडौँमा रहेका ५३८ जनालाई झापा ल्याइएको छ ।

लकडाउन लम्बिएसँगै समस्यामा परेका उनीहरुलाई काठमाडौँबाट झापा ल्याइएको हो । झापा क्षेत्र नं ४ का सांसद एलपी साँवाले दुई चरणमा ५०० जना र मेची अभियान झापाले ३८ जना विद्यार्थीलाई झापा ल्याएको छ । सांसद साँवाले झापाबाट काठमाडौँ अध्ययन, रोजगारी, मजदूरी, विभिन्न पेशा व्यवसायका लागि गएकाहरुलाई ल्याइएको बताए । 

“लकडानका कारण समस्यामा परेको गुनासो आएपछि दुई चरणमा १७ वटा गाडी पठाएर ल्यायौँ”, उनले भने, “केहीले आफ्नो भाडा आफैँ तिरे भने भाडा तिर्ने अवस्था नभएकाहरुलाई निःशुल्क ल्याइयो ।” त्यसरी ल्याइएकाहरु झापाका १५ वटै स्थानीय तहका नागरिक हुन् । 

त्यस्तै, झापाको मेची अभियानले काठमाडौँबाट ३८ जना विद्यार्थीलाई झापा ल्याएको छ । ती सबै विद्यार्थी मेचीनगर नगरपालिकाका हुन् । काँकडभिट्टाबाट गाडी पठाएर उनीहरूलाई निःशुल्क घर आउने व्यवस्था मिलाइएको मेची अभियानका संयोजक विजय डालमियाले बताए ।

काठमाडौँको विभिन्न कलेजमा अध्ययनरत् उनीहरु लकडाउन लम्बिएसँगै समस्यामा परेका थिए । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रहरी र  गरेपछि उनीहरुलाई झापा ल्याइएको संयोजक डालमियाको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ