arrow

धमाधम गाउँ फर्काउन थालेपछि रिसाए विद्यासुन्दर- कोरोना फैलिरहेकाले त्यसो नगरौँ

logo
प्रकाशित २०७७ वैशाख १७ बुधबार
bidhyasundar-shakya.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पछिल्लो समय काठमाडौँ उपत्यका आउने र जाने नागरिकको सङ्ख्या बढिरहेकाले त्यसो नगरी जहाँ छौँ त्यही बसी लकडाउनको  पालना गर्न आग्रह गरेका छन् ।

 विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण पछिल्लो समय नेपालमा पनि बढ्दै गइरहेकाले प्रमुख शाक्यले सबैसँग यस किसिमको आग्रह गरेका हुन् । शाक्यले लकडाउन जारी र सङ्क्रमण फैलिरहेकै समयमा काठमाडौँ उपत्यकाका मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि काठमाडौँ पठाउने गरेकोप्रति सङ्केत गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गरेका हुन् ।

प्रमुख शाक्यले सबै जिल्ला र स्थानीय तहले उपत्यकाबाट आफ्ना नागरिक लैजाने र जिल्लाका नागरिकलाई पनि धमाधम पठाउने होडबाजी गर्ने हो भने लकडाउनको पालना नहुने र त्यसले थप समस्या सिर्जना हुने भन्दै त्यसो नगर्न आग्रह गरे ।

 “पछिल्लो समय दर्जनौँ गाडीमा धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि धमाधम काठमाडौँभित्र नागरिक पठाएका समाचार सञ्चारमाध्ययमबाट निरन्तर आउन थालेका छन् ।” उनले भने, “विश्वमै महामारीका रुपमा फैलिएको कोरोनाको सङ्क्रमणलाई रोकथाम र नियन्त्रणका लागि हामी सबै नेपाली एकजुट हुनुपर्छ । यसका लागि पनि लकडाउनको सबैले पूर्ण पालना गर्नुको अर्को विकल्प छैन ।”
 
लकडाउन शुरु भएपछि कामपाले अतिविपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई अहिलेसम्म  ७४ हजारलाई राहत वितरण गरिएको र यस अवधिमा  महानगरबाट ४९ हजारभन्दा बढी प्लेट खाना खुवाएको जानकारी दिएको छ ।

 कोही भोकै परेको जानकारी सञ्चारमाध्ययमका साथी र अन्यले पनि थाहा पाएमा  उपत्यकाका जनप्रतिनिधि वा  टोल फ्री नं ११८० र ११३१ मा जानकारी दिन पनि कामपाले आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ