arrow

नेपालीको उद्धार गर्न माग गर्दै आँखा, कान बन्द गरेर सिमामा एक घण्टा धर्ना

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ वैशाख १७ बुधबार
dharna4.jpg

दार्चुला । विगत एक महिनादेखि भारतका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग गर्दै धर्ना दिइएको छ । बुधवार नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाल दलित संघले संयुक्त रुपमा सिमामा एक घण्टा धर्ना दिएका हुन् । 

यसअघि मंगलवार जिल्ला प्रशासन कार्यालयमार्फत संयुक्त रुपमा प्रधानमन्त्रिलाई ८ बुद्धे ज्ञापनपत्र बुझाइसकेका उनीहरुले दोस्रो दिन सिमा नाकामै गएर सामाजिक दुरी कायम राख्दै धर्ना दिएका छन् ।

नेपाली कांग्रेस निकट तीन वटै भातृ संघसंगठनहरुले तत्काल सिमाका नेपालीलाई स्वदेश ल्याउनुपर्ने, दार्चुला जिल्ला अस्पतालमा कोरोना टेस्ट ल्याब स्थापना गर्नुपर्ने, कोराना महामारीसँग लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्थानीय तहका कर्मचारीको लागि सुरक्षा सामाग्री व्यवस्थापन गर्नुपर्ने, जिल्लाबाहिर रहेका विद्यार्थीको तथ्यांक संकलन गरि सरकारले उनीहरुको लागि खानबस्नको व्यवस्था मिलाउनुपर्ने माग राख्दै प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएका थिए ।

भारतमा मजदुरी गर्न गएका नेपालीहरु एक महिनादेखि सीमामा अलपत्र हुँदा पनि सरकारले ध्यान नदिएको भन्दै तत्काल उद्धार गर्न उनीहरुले माग गरेका छन् । साथै क्वारेन्टाइनमा बस्ने समयावधि सकिदा पनि उद्धार गर्नमा ढिलाई गरेको प्रति सरकार विरुद्ध रिले अनसन सुरु गर्ने समेत गर्ने चेतावनी दिएका छन् ।

धर्नापछि बोल्दै नेपाल विद्यार्थी संघका अध्यक्ष रमेश भट्टले अहिलेको सरकार नागरिकको जनजिवीकाको सवाल भन्दा भ्रष्टाचार, अपहरण, दलालीमा लागेको आरोप लगाएका छन् । हजारौँ नेपाली विगत एक महिनादेखी सिमावर्ती क्षेत्र धारचुलामा फसिरहेको भएपनि सरकारले फिर्ता ल्याउने बारे नसोचेको उनको भनाइ थियो । 

अहिलेको सरकार अन्धो मात्रै नभएर बहिरो पनि भएको उहाले बताए । “अन्धो भएकाले आँखा देख्दैन्, बहिरोका कारण कान सुन्दैन् ” उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ