arrow

रहेनन् ऋषि कपूर, लगातार दोस्रो दिन बलिउड शोकमा 

अमिताभले लेखे – म टुटें

logo
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
rishi-kapoor.jpg

काठमाडौं । बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । गम्भीर बिरामी भएर बुधबार राति अस्पतालमा भर्ना भएका ऋषि कपूरको बिहीबार निधन भएको हो । 

क्यान्सर पीडित उनको अवस्था गम्भीर भएपछि बुधबार राति मुम्बई स्थित एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो । 

६७ वर्षीय कपूरको बिहीबार बिहान निधन भएको वरिष्ठ बलिउड अभिनेता अमिताभ बच्चनले बताएका छन् । उनले आफू टुटेको लेखेका छन् । अमिताभ र ऋषि कपूरले थुप्रै चलचित्र संगसंगै खेलेका थिए । 

ऋषि कपुरलाई सन् २०१८ मा क्यान्सर भएको थियो । उनी ११ महिनासम्म अमेरिकामा रहेर उपचार गराई गत वर्ष सेप्टेम्बरमा भारत फर्केका थिए । अमेरिकामा उनकी पत्नी एवं अभिनेत्री नीतू साथमा थिइन् । 

उनका छोरा एवं अभिनेता रणवीर कपूर भने जाने आउने गर्दथे । 

ऋषिलाई पछिल्लो पटक छातीमा इन्फेक्सन देखिएको थियो । स्वास लिन समस्या रहेको थियो । हल्का खोकी पनि रहेको थियो । यी लक्षण कोरोना भाइरसका पनि भएकाले उनको कोभिड–१९ को पनि टेष्ट हुने बताइएको थियो । 

दुई जना विशेषज्ञ चिकित्सकले उनको उपचार गरिरहेको बताइएको थियो । गएको बिहीबारदेखि उनको स्वास्थ्य बिग्रिएको थियो । त्यतिबेला अस्पतालमा भर्ना गरिए पनि चार घण्टापछि डिस्चार्ज भएका थिए ।   

बुधबार मात्रै क्यान्सरकै कारण बलिउडका अभिनेता इरफान खानको मृत्यु भएकाले बलिउड अहिले शोकमा छ । 

बलिउडकर्मीहरु सन् २०२० लाई बलिउडले शोकको वर्षको रुपमा मनाउनु पर्ने पनि बताएका छन् । 

ऋषि कपूरले थुप्रै चर्चित चलचित्र खेलेका छन् । 

ऋषि कपूरले पहिलो फिल्मफेयर अवार्ड ‘बाबी’ चलचित्रबाट जितेका थिए । त्यसपछि उनले २५ वर्षसम्म कुनै  फिल्मफेयर अवार्ड पाएनन् । तर २५ वर्ष पछि उनलाई बलिउडमा २५ वर्ष पूरा गरेको भन्दै फिल्मफेयर अवार्ड दिइएको थियो । 

‘मेरा नाम जोकर’ चलचित्रबाट उनी पहिलो पटक पर्दामा देखिएका थिए । उनले चकलेटी हिरोजस्तै ९० वटा रोमान्टिक चलचित्र खेलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ