arrow

किसानलाई कर्जाको चिन्ता, लकडाउनले उत्पादित वस्तु अलपत्र 

logo
नारायण वली,
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
farmer.jpg

रुपन्देही । लकडाउनको समयमा कृषिजन्य वस्तुहरुको उत्पादनलाई वृद्धि गर्न सरकारले कृषिलाई थप व्यापक रुपमा बढाउनु पर्ने बताउँदै आए पनि विडम्वना अहिले उत्पादित कृषिजन्य वस्तुहरुले बजार नपाउँदा किसानहरु चिन्तित बन्न पुगेका छन् ।

लकडाउनले सवै क्षेत्र बन्द भएपछि उत्पादित कृषिजन्य वस्तुहरुको विक्रि वितरण ठप्प हुन पुगेको छ । नगदे बालीका रुपमा कृषिजन्य वस्तुहरुको उत्पादन गर्दै आइरहेका किसानहरुको स्थिति दिनहुँ बिग्रिँदै गइरहेको रुपन्देहीको सेमलारका किसानहरुले दुखेसो पोखेका छन् । 

उनीहरुले बारीमा लगाइएको तरकारीलाई बजारसम्म पुर्याएर जतिसक्दो चाँडो खपत गर्नुपर्ने भए पनि कोरोना भाईरसका कारण देशमा जारी लकडाउनले उत्पादित तरकारीहरु वारीमै सड्न थालेको वताए।

यती वेला टमाटर, सिमी, वोडी, खुर्सानी र घिरौला जस्ता तरकारीहरु लटरम्म फलेको भएपनि बजारसम्म लैजाने अवस्था नरहेको किसानहरुले बतएका छन्। बुटवलमा रहेको कृषि उपज थोक बजार बन्द हुन पुगेको छ। कोरोना भाईरसका कारण बजारमा रहेका मानिसहरु पनि धेरै जसो गाउँ गइसकेकाले किन्ने मान्छे नभएकाले आफुहरुको तरकारी गाईवस्तुलाई र छरछिमेकीलाई निशुल्क वितरण गर्दै आएको सेमलारका किसान शसिकान्त थारुले दुखेको पोखे। 

पछिल्लो समय रुपन्देहीको सेमलार र मोतिपुर लगायतका क्षेत्रहरु तरकारी उत्पादनका लागि पकेट क्षेत्र मानिदै आएका छन्। बुटवल उप–महानगरपालिका वडा नं १६ का अधिकांश किसानहरु तरकारी कृषि पेशामा आवद्ध रहेका छन् । 

तर त्यहाँको उत्पादित तरकारी र दुध लगायत वस्तुहरुले बजार नपाउँदा त्यहाँका किसानहरु कृषि क्षेत्रमा गरेको लगानीलाई बैंक, वित्तिय संस्था र सहकारीबाट लिएको कर्जा अब कसरी तिर्ने हो भन्ने चिन्ताले सताउन थालेको बताउँछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ