arrow

नर्वेमा दुर्घटनाग्रस्त हेलिकोप्टरका एघार यात्रुको शव उद्धार, दूई अझै बेपत्ता

logo
प्रकाशित २०७३ वैशाख १८ शनिबार
norwaynews.jpg.jpeg
ओस्लो (नर्वे), १७ वैशाख । नर्वेको पश्चिममा अवस्थित सामुद्रिक तटमा शुक्रबार दुर्घटनाग्रस्त हेलिकोप्टरमा यात्रारत ११ जनालाई मृत अवस्थामा उद्धार गरिएको छ । अन्य दुईजना अझै बेपत्ता भएको उद्धार कार्यमा सम्लग्न टोलीले बताएको छ । 
 
हेलिकोप्टरमा १३ जना मानिस यात्रारत भएको जनाइएको छ । उनीहरू कसैलाई पनि जीवित उद्धार गर्न सकिनेमा उद्धार टोलीले शंका व्यक्त गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमले यसअघि हेलिकोप्टरमा १५ देखि १७ जना मानिस यात्रारत भएको जनाएका थिए । 
 
एउटा भयानक विष्फोट पछि आफूहरुले करिब १५ मानिसहरू समुद्रमा तैरिरहेको अवस्थामा देखेको नर्वेली प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै टेलिभिजन स्टेसन टिभी–२ ले उल्लेख गरेपनि हेलिकोप्टरमा १३ जना मात्र भएको बताइएको छ । एएफपी 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ