arrow

महोत्तरी: दुई दिनमा छ जनाको मृत्यु, कोरोना परिक्षण गरिने

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
dead2.jpg

महोत्तरी । महोत्तरीमा अज्ञात रोगका कारणले एकदिनमै चारजनाको मृत्यु भएको छ भने दुई दिनमा छ जनाको मृत्यु भएको छ। २४ घण्टा नबित्दै पुनः दुई जनाका मृत्यु भएको हो। महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ मेघनाथ गोरहन्नामा बुधबार राति स्थानीय ३२ वर्षीय सिकिन्दर सिंह र बिहीबार दिउँसो स्थानीय ५५ वर्षीय सिताई महराको मृत्यु भएको छ ।

भंगहा नगरपालिकाका मेयर संजिव साहका अनुसार यसअघि मंगलबारदेखि बुधबार बिहानसम्म स्थानीय ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षीय गंगाराम सदाको मृत्यु भएको थियो । 

सोही बस्तीमा झण्डै एकसाता अघि ५५ वर्षीय महेन्द्र चौधरीको समेत मृत्यु भएको थियो। यससँगै एकसातामा मेघनाथ गेहन्ना टोलमा ७ जनाको मृत्यु भइसकेको मेयर साहले बताए । स्थानीयका अनुसार उनीहरुको विसाक्त मदिरा सेवनको कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।

मृत्युको वास्तविक कारण खुल्न सकेका छैन। बुधबारसम्म मृत्यु भएका पाँचैजनाको शव दाहसंकार गरिसकिएको मेयर साहले जानकारी दिए।

एक–एक गरि टोलमा मृत्यु हुन थालेपछि स्थानीबासि त्रसित भएका छन्। बुधबार बिहान मृत्यु भएका गंगाराम सदाको शव प्रहरीले नियन्त्रणमा लिन गएपनि उनको दाहसंकार भइसकेको छ । बिहीबार राति मृत्यु भएका ३२ वर्षका सिकिन्दर सिंहको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको मेयर साहले बताए । मृत्यु हुनेको पोस्टमार्टम र कोरोना परिक्षण गरिने छ । उनीहरुको मृत्यु भएको कारणका विषयमा पत्ता लगाउन एकजनाको शवलाई पोस्टमार्टम र कोरोना परिक्षण  गर्न  लगिएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले स्थानिय विसाक्त रक्सीले मृत्यु भएको आशंका गरिएको बताए पनि कोरोना परिक्षण पछि थप एकिन हुने बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ