arrow

धौलागिरी अञ्चल अस्पताललाई १० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

logo
नारायण रिजाल,
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
corona-baglung-relief.jpg

बागलुङ। विश्वव्यापी कोरोनाको जोखिम बढिरहेको छ। यसको असर नेपालमा पनि परेको छ। नेपालमा असर देखिए सँगै परदेशीएका नेपाली दाजुभाईलाई आफ्नै देश र आफ्नो जन्मभुमी को चिन्ता छ। उनीहरुले दुःख गरेर कमाएको रकमको केही हिस्सा आफ्नो जन्मभुमिका लागि खर्चिएका छन। यो संकटको स्थितिलाई सामना गर्न सहज होस भन्ने उद्देश्यले विदेशमा रहेका नेपाली दाजुभाईहरुको जिल्ला सदरमुकाममा रहेको धौलागिरी अञ्चल अस्पतालका लागि १० लाख ३१ हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेका छन।

जिल्लाबाट रोजगारीको शिलशिलामा विभिन्न देशमा गएका जिल्लाबासी दाजुभाईको सक्रियतामा स्वास्थ्य सामाग्री किन्ने रकम संकलन गरी अञ्चल अस्पताल सँगै जिल्लाका अन्य स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्य सामाग्री सहयोग गरेका हुन। विहिबार एक कार्यक्रमको आयोजना गरी संघिय सांसद डा सुर्य पाठकको रोहबहरमा अस्पतालका लागि १ सय ५ पीपीई सेट, १ हजार थान सर्जिकल ग्लब्स, एक सय थान हाउस ग्लब्स, ५ हजार थान टप्स ग्लब्स, सर्जिकल माक्स १० हजार, बुट १ सय थान, एन ९० माक्स, थर्मल गन लगायतका स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको हो। त्यसैगरी जिल्लाका अन्य स्वास्थ्य संस्थाका लागि ७० थान पिपिई सेट पनि उपलब्ध भएको अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले जानकारी दिए।

सामाग्री किन्नका लागि रकम संकलनमा बागलुङ समाज (जापान), बागलुङ सेवा समाज (कतार), बाग्लुङ समाज (स्पेन), बाग्लुङ समाज (पोर्तुगल), बाग्लुङ समाज (बेल्जियम), बाग्लुङ सेवा समाज (युएई), बाग्लुंग समाज (कोरिया), बाग्लुङ समाज (क्यानडा), बाग्लुंग सेवा समाज (मलेसिया), बाग्लुंग युवा समाज (अष्ट्रेलिया) का साथै युएसए बेलायत, जर्मनी, स्विडेन, फ्रान्स, नर्वे लगायतका बिभिन्न देशहरुमा बस्ने बागलुङेहरुको सहयोगमा रु. १० लाख ३१ हजार रुपैयाँ संकलन गरी पठाएका थिए।

त्यसैगरी बिहुँकोट समाज जापानले काठेखोला गाउँपालिकालाई एक लाख बराबरको स्वास्थ्य सुरक्षा सामाग्री र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले झण्डै ७० हजार बराबरको सामाग्री गरी एक मुष्ट जिल्लाका लागि १२ लाख बराबरको सामाग्रि हस्तान्तरण गरिएको हो।

अभियानको समन्वय (पहल) स्पेनमा बस्दै आएका पर्यटन सद्भावना दूत एवं एनआरएनए युरोपका निवर्तमान उपसंयोजक एकराज गिरी, बेलायतबाट सामाजिक अभियन्ता कृष्ण प्रसाद शर्मा, कतार एनआरएनए आइसिसी सदस्य रमेश भट्ट, जापानका सिद्धार्थ श्रेष्ठ र दक्षिण कोरियाका राम शर्माले गरेका थिए। अभियानमा सूर्य हमाल र राज रेग्मीले पनि सहयोग गरेको लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए।

प्रदेश रहेर पनि जिल्लाको स्वास्थ्य क्षेत्रका लागि एकराज, कृष्ण, रमेश लगायतका साथीहरुले ठुलो भुमिका खेलेका छन्। हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य डा सुर्य पाठकले भने, ‘जिल्लाबासीले उहाँहरुको यो सहयोगलाई कहिलै भुल्नु हुँदैन, प्रदेशमा रहेर पनि आफ्नो जन्मभुमिको मायाँ गरी यति ठुलो रकमको स्वाथ्य सामाग्री सहयोग गर्नुभएको छ। कर्म भुमिमा रहेर पनि जनमभुमिको मायाँ गर्ने विभिन्न देशमा रहेका सवै सहयोगीलाई जिल्लाबासी र जनप्रतिनिधिको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दछु।’

कोरोनाको संक्रमण विश्वव्यापी फैलिए सँगै नेपालमा पनि यसको प्रकोप बढदै गएको र जिल्लामा पनि दुई जनामा संक्रमण देखिए सँगै विदेशमा रहेर अब केही गर्नुपर्छ भन्ने उद्देश्यले आफुहरुले अभियान संचालन गरेको एनआरएन युरोपका निवर्तमान उपसंयोजक एकराज गिरीले बताए। हामीले आफ्नो जिल्लामा संकट परेको बेला केही गर्नुपर्छ भन्ने सोच ल्यायौं गिरीले भने, कृष्ण जि, रमेश, सिद्धार्थ राम, सुर्य लागायतका साथीहरुले आफ्नो आफ्नो ठाउँबाट पहल थाले। उनीहरुले नेतृत्व गरेर केही रकम संकलन गर्न सफल भयौं। उक्त रकम अस्पताललाई सहयोग गर्ने निर्णय सँगै कोरोना संघ लडनका लागि आवश्यक सामाग्री अस्पतालले खरिद गरिसकेको छ। गिरीका अनुसार सवैको साथ र सहयोगले लाखौंको सामाग्री सहयोग गर्न सफल भईएको हो।

सामाग्री खरिदका लागि, बागलुङ समाज पोर्तुगलका सल्लाहकार सुर्य हमालबाट एक लाख ३० हजार रुपैयाँ, बागलुङ सेवा समाज कतारका संरक्षक राजु रेग्मीबाट एक लाख रुपैयाँ, बागलुङ समाज जापानको तर्फबाट एक लाख र बागलुङ समाज अष्ट्रेलियाको तर्फबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। 
त्यसैगरी बागलुङ समाज कोरियाबाट ७५ हजार रुपैयाँ, बागलुङ समाज कतारबाट ७० हजार बागलुङ समाज स्पेन बाट ५० हजार, बागलुङ समाज पोर्तुगल बाट ५० हजार बेल्जियमबाट ५० हजार, युएईबाट ५० हजार, क्यानडा बाट ५० हजार र बागलुङको अमलाचौर हाल अमेरीकामा रहेका नवराज पन्तले ५० हजार रुपैयाँ स्वास्थ्य सामाग्री किन्नका लागि सहयोग गरेका थिए।

त्यसैगरी सो अभियानमा युनिक जर्मनीका राजेश केसी, दिपक खत्री, कृष्ण रिजाल, कृष्ण ढकाल र पदक केसीले ३० हजार रुपैयाँ , बागलुङ समाज मलेसियाको तर्फबाट ३० हजार रुपैयाँ, राजन गाौत र विष्णु गौतम नर्वेबाट २० हजार विक्कि सापकोटा युके बाट १५ हजार रुपैयाँ प्रेम गौतम स्विडेन बाट ११ हजार र ज्याती अधिकारी फ्रान्सबाट १० हजार रुपैयाँ सहयोग गरेको अञ्चल अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए।

सहयोग हस्तान्तरणमा सांसद पाठकको साथमा नेविसंघका निवर्तमान उपाध्यक्ष डिल्लीराम सुवेदी, सर्य हमालका बाबु समाजसेवी एवं काँग्रेसका महासमिति सदस्य होमबहादुर हमाल, लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। सहयोग गर्ने सम्पुर्णलाई अस्पताल विकास समितिले धन्यबाद प्रकट गरेको अध्यक्ष केविराना मगरले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ