arrow

भविन र होमको 'बर्षियो आज मन मेरो' गीतको भिडियो सार्वजनिक (भिडियो सहित )

logo
प्रकाशित २०७३ वैशाख १८ शनिबार
ef5caf39-75b3-4291-9f60-f66ac9666d81.jpg.jpeg
काठमाडौ ।  गायक भविन ढुंगाना र गीतकार होमनाथ न्यौपानेको एल्बम 'होराइजन' को शिर्ष गीत 'बर्षियो आज मन मेरो' को म्युजिक भिडियो सार्वजनिक भएको छ । वर्षा ऋतुमा गाइने मलहार रागमा आधारित यो गीतमा आधुनिक, शाष्त्रीय तथा पप बिधाको एउटा उत्क्रीष्ट फ्युजन सुन्न सकिन्छ। गीतमा संगीत प्रवेश मल्लिकको र  संगीत संयोजन रञ्जन झाको रहेको छ। 
 
म्युजिक भिडियोमा चकलेटी नायक आर्यन सिग्देल र चर्चीत नायिका रीमा विश्वकर्माको रोमान्स हेर्न सकिन्छ भने भिडियोलाई निर्देशक लक्ष्मण पौडेलको निर्देशकीय ज्ञान तथा छायाकार अर्जुन तिवारीको लामो अनुभवले थप आकर्षक बनाएको छ।
 
गायक ढुंगाना शास्त्रीय गायनमा दिल्ली विश्वविद्यालयका गोल्ड मेडलिस्ट ग्राजुएट हुन भने गीतकार न्यौपाने विगत एक दशकदेखि गीत लेखनमा सक्रिय छन्।  गीतकार न्यौपानेका दुईवटा गीति एल्बम 'चेतना' र 'हिमालको चन्द्र' यस अघि नै बजारमा आईसकेका छन् भने गायक ढुंगानाको यो पहिलो गीति एल्बम हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ