- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले फाउण्डेशनसंग आवद्धहरुसंग जुम भिडियो वैठक गरेको छ । फाउन्डेशनको आयोजनामा राष्ट्रिय तथा अन्तराष्ट्रीयस्तरका गिरिजा प्रसाद कोइराला फाउण्डेशनसंग आबद्व भएका सबै संयोजक एवम् सल्लाहकार र एनआरएनहरुलाई आमन्त्रण गर्दै कोभीड १९ को महामारीमा नेपाल सरकारको तयारी र कोरोना कहरको महामारी पछिको अर्थ व्यवस्था र नेपाली कांग्रेसको भूमिका अनि भविष्य बिषयमा जुम भिडियो वैठक भएको हो। वैठकमा ५६ व्यक्ति उपस्थित रहेको फाउण्डेशनले जनाएको छ ।
जिपि कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले कार्यक्रम संचालन गरेका थिए । यस लाईभ बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद डा शशांक कोइरालाले कोभिड १९ को यो महामारी मा विश्वभर रहेका नेपालीहरु लाई सतर्क रहदै स्वस्थ रहन आग्रह गरे । महामन्त्री कोइरालाले नेपाली कांग्रेस को १४औं अधिवेशनबाट नयाँ नेतृत्व आउने दावी गर्दै नेपालमा अब कृषि क्रान्तिले अर्थ व्यवस्था उकास्न सहयोग गर्ने बताए । महामन्त्रीले भने, ‘यस कोभीड १९ ले हामी सबैलाई ठुलो चुनौती संगसंगै एउटा ठुलो अवसर पनि दिएको जिकीर गरे । अब हामीलाई नयाँ सोच र विचारको बहस गराउन वाध्य गर्यो ।’
बैठकमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रभावशाली नेता डा शेखर कोइरालाले नेपाल सरकार कोभिड १९ रोक्न कुनै स्पष्ट कार्यक्रमको योजना नल्यएको र यस महामारी पछिको देशको अवस्थालाई सरकारले मुल्याङकन गर्न चुकेको बताए । कोइरालाले कांग्रेसले देशको निकास दिनका लागि सक्रियताका साथ अघि बढ्दै पार्टी को १४ औं अधिवेशन यो २१ औं शताब्दीको हाई टेक्नोलोजि प्रयोग गर्दै समयमै गर्नु पर्ने धारणा राखे। उनले कांग्रेस अब पनि नसुध्रिए ठूलो घाटा हामी सबैलाई हुनेछ भने उनले सबैलाई सत्यको बाटोमा यात्रा गर्न आग्रह गरे । ‘सत्यको जित अवस्य हुन्छ’ डा शेखर कोइरालाले भने ।
गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले फाउण्डेशन मार्फत देशैभर विकास निर्माणको बाटो अवलम्बन गरेर नेपाली कांग्रेसको संघठन मजबूत बनाउनु पर्ने विचार व्यक्त गरिन् ।
सार्वजनिक स्वास्थ्य सेवा अझै प्रभावकारी बनाउँदै सबै जनतालाई सरल र सुलभ स्वास्थ्य विमा गर्नुपर्नेमा उनले जोड दिइन् । सरकारी विद्यालयहरुमा कम्प्युटर र ईन्टरनेटको सुविधा सबै विद्यार्थीहरुले पाउनु पर्ने उनको धारणा छ ।
यस फाउण्डेशन देशमा प्रजातन्त्र मजवुत गर्दै शान्ति र विकासका लागि कार्यहरु गर्दै जाने उनको भनाइ छ। फाउण्डेशनकी केन्द्रीय अध्यक्ष कोइरालाले सबैजना लाई स्वस्थ र सुरक्षित रहन आग्रह पनि गरिन् ।
गिरिजा प्रसाद कोइराला फाउण्डेशन क्यानडाका अध्यक्ष तुल्सी पौडेल र सल्लाहकार डा बिनोद पगेनी, मकाउकी अध्यक्ष निर्मला थापा मगर, दक्षिण कोरियाका अध्यक्ष डा अग्नि कोइराला, ओसेनियाका अध्यक्ष रमेश छत्कुली, तासमानियाका अध्यक्ष नवराज मुडवरी र एडेलेडका अध्यक्ष दिलीप कुमार पोख्रेल, जापानका अध्यक्ष कुमार कार्की, युरोपका सल्लाहकार डा शिवाजी श्रेष्ठ, अमेरिकाका सल्लाहकार मोहन सिंह बिष्ट, न्युजिलेन्डका सल्लाहकार बुद्वी सागर घिमीरे, प्रदेश ३ संयोजक रीता खनालले आआाफ्नो मन्तव्य राखेका थिए ।
मन्तव्यकै क्रममा नेजससअका पुर्व संयोजक बिष्णु सुवेदी, एनआरएन अमेरिकाका पुर्व अध्यक्ष डा केशव पौडेल, एनआरएन अमेरिका पुर्व सिनियर उपाध्यक्ष कृष्ण पोख्रेल, एनआरएन संयुक्त राज्यका नेता आर के त्रिपाठी, लायन्स क्लब नेपालका गभर्नर राजन खत्री, प्रोफेसर डा केशव भट्टराई, पुर्व नेवि सघं केन्द्रीय सदस्य ज्ञानल थापाले आ–आफ्नो मन्तव्य राखेका थिए ।
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्ले, मनार्थ सदस्यहरु देशराज संयोग, कृष्णराज गिरी र भरत अर्याल, केन्द्रीय सदस्य बिनोद थापा, सुर्य सिंखडाका साथै क्यानडाबाट उपाध्यक्ष निरन्जन थापा, महासचिव विद्याभुषण कार्की , सचिव उज्जल गौतम, प्रवक्ता राम कृष्ण रेग्मी, केन्द्रीय सदस्य प्रमेस गुप्ता, दक्षिण कोरीयाका महासचिव किशोर कोइराला, नेपाल ट्रेड युनियन काग्रेंसका ससक्त नेता टी पी खनाल, नेवि सघं पुर्व महामन्त्री डा यादव पण्डीत, नेका नेता विनोद भट्ट, नेका नेता नारायण खनाल क्यालिफोर्नीया, एनआरएन अमेरिकाज क्षेत्रका डीआरसी राम सी पोख्रेल, नेका नेता ज्ञानेन्द्र कार्की टेक्सस, नेवि सघं अमेरिकाका पुर्व सभापति प्रभात सापकोटा, नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अन्नत राज सुवेदीको पनि सहभागिता रहेको थियो।
अध्यक्ष सोमनाथ घिमिरले गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै सेवा नै धर्म हो भन्ने मुल नारा का साथ फाउण्डेशन अघि बढी रहेको बताए ।
वैठकको अन्त्यमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका उपाध्यक्ष सुवर्ण लामाले धन्यवाद ज्ञापन गरे ।