प्रधानमन्त्री ओलीको धम्कीबाट कोही नतर्सिने गगनको जवाफ
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
806
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको धम्कीले कोही नतर्सिने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक दिवसको दिन शुभकामना दिने क्रममा सञ्चारमाध्यमहरुले अस्थिरता फैलाएको आरोप लगाएका थिए।
नेता थापाले प्रम ओलीको संचार माध्यमलाई तर्साउने गरि आएको वक्तव्यप्रति आक्रोस पोखेका छन्। थापाको प्रश्न छ ‘महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने, अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाई अनि खवरदारी गर्नेहरुलाई धम्की?’
प्रम ओलीको सञ्चारमाध्यमले अस्थिरता फैलायो भन्ने वक्तव्यलाई नेता थापाले मिडिया र मिडियाकर्मीलाई धम्कीका रुपमा अर्थ्याएका छन्। प्रम ओलीले कोरोना महामारीको बेलामा दुई विवाद्स्पद अध्यादेश ल्याएका थिए जुन पछि दवाब पछि फिर्ता पनि गर्नु परेको थियो। प्रम ओलीले उक्त अध्यदेश मार्फत संघिय समाजवादी पार्टी टुक्राउने प्रपञ्च रचेका थिए जुन समाजवादी र राजपाको एकिकरणमा गएर टुंगिएको थियो।
समाजवादी पार्टी फुटाउने क्रममा सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप प्रम ओली र उनी निकटका दुई सांसद महेश बस्नेत र किसान श्रेष्ठ एवं पुर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई लागेको छ।
महामारीको बेला अनेक खेल रचेर आफू अस्थिरता ल्याउने अनि मिडियालाई आरोप लगाउनु जायज नभएको नेता थापाको ट्विटले भनेको छ। प्रमको वक्त्व्य पछि नेता थापाले ट्विट गर्दै भने, 'गर्नु पर्ने नगर्ने, देख्नुपर्ने नदेख्ने, सुन्नुपर्ने नसुन्ने तपाईं!अनि धम्की ति खवरदारी गर्नेहरूलाई? कोही तर्सनेवाला छैन यो धम्कीबाट।'
वाह @PM_Nepalज्यू!
महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने,अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं!गर्नु पर्ने नगर्ने,देख्नुपर्ने नदेख्ने,सुन्नुपर्ने नसुन्ने तपाईं!अनि धम्की ति खवरदारी गर्नेहरूलाई?जो चोर उसैको ठूलो स्वर।कोही तर्सनेवाला छैन यो धम्कीबाट।