arrow

कोहलीलाई अनुष्काकी हजुरआमाले खेलाउँथिन् क्रिकेट !

logo
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
virushkajpg1.jpg

काठमाडौं । भारतीय अभिनेत्री अनुष्का शर्माको शुक्रबार जन्मदिन परेको छ । १ मे, १९८८ मा अयोध्यामा जन्मेकी अनुष्का शर्मा कोरोनाका कारण जन्मदिन घरमै आफ्ना पति विराट कोहलीसँग मनाउने तयारी गरेको बताइएको छ ।  उनको यो ३२ औं जन्मदिन हो ।

भारतीय टोलीका कप्तान विराट कोहली र बलिउडकी अभिनेत्री अनुष्काको बीचमा बालककालदेखि नै प्रेम सम्बन्ध रहेको अनुष्काकी हजुरआमाले बताएकी छिन् ।

 अनुष्काको माइतीका सबैले विराटलाई राम्रोसँग चिन्छन् । बाल्यकालमा अनुष्काको घर जाँदा विराटलाई उनले निकै क्रिकेट खेलाउँथिन् ।

विराटले यो कुराको सूचना भने लामो समयपछि मात्र दिएका थिए । तर, यो सम्बन्धमा कुनै चित्तदुखाइ नरहेको अनुष्काका माइतीपक्षको भनाइ छ । 

अनुष्काका बाबु सेनाका अधिकारी हुन् । उनी बेंग्लोरमा रहँदा अनुष्काका भाइ कर्णेश क्रिकेट खेल्थे । कर्णेश विराटकै टोलीबाट क्रिकेट खेल्थे । यो क्रममा विराट पनि धेरैपटक अनुष्काको घरमा आउने गर्थे ।

 २०१७ नोभेम्वर मा विराट कोहली र अनुष्का शर्माबीच विवाह भएको थिए । दुवैले इटलीमा बिहे गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ