arrow

नाबालक फिर्ता पठाएपछि लकडाउनको अबज्ञा गर्दै पुनर्वासमा स्थानीयद्वारा प्रदर्शन

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
pradarsan1.jpg

कञ्चनपुर । सीमा क्षेत्रबाट फिर्ता गराइएका नागरिकलाई स्वदेश आउन दिनु पर्ने भन्दै कोभिड -१९ कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको अबज्ञा गर्दै कञ्चनपुरको पुनर्वासमा स्थानियहरुले प्रदर्शन गरेका छन् । 

भाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल-भारत सीमामा कडाइ गर्दै प्रवेशमा सुरक्षा निकायले रोक लगाएको विरुद्ध कञ्चनपुरको पुनर्वास नगरपालिका ९ स्थित बिचफाँटामा आज स्थानीयले प्रदर्शन गर्दै वडा अध्यक्ष नारायण प्रसाद जैसीलाई घेरेका थिए । 

बिहिबार भारतको गुजरातबाट नेपाल फर्कन लागेका २ नाबालक सहित ७ जनालाई फिर्ता पठाएपछी उनिहरुका आफन्त सहितका स्थानीयले गाउँ फर्कन दिनु पर्ने भन्दै प्रदर्शन गरेका हुन । 
झन्डै डेढ घन्टा वडा अध्यक्षलाई घेरेका प्रदर्शनकारी स्थानीयहरुको भिडलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले तितरबितर पारेको थियो । लकडाउनको ३९ औं दिन सामाजिक दुरी समेत कायम नगरी स्थानियहरुले भारतबाट फर्कनेलाई प्रवेश गराउनु पर्ने माग राख्दै प्रदर्शन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ