arrow

एक सडक मजदुर कर्णाली नदीमा बेपत्ता

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
upper-karnalis.jpg.jpeg

हुम्ला। हुम्ला जिल्लाको नाम्खा १मा कर्णाली नदीमा बगेर एक जना मजदुर बेपत्ता भएका छन् । मकावनपुर जिल्ला कैलाश गाउँपालिका वडा १० घरभई हाल हुम्लाको नाम्खा गाउँपालिकाको वडा १ मा रहेको च्याछरा भिर विस्फोटन गर्ने काम गर्दै आएका २१ वर्षिय टसी बल कर्णाली नदिमा बेपत्ता भएका हुन् ।

काम सकेर कर्णाली नदीमा नुहाउन र सरसफाइ गर्न गएका बल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी रामप्रसाद घर्तिमगरले बताए । वैशाख १६ गते कर्णाली नदीमा बेपत्ता भएका बलको खोजी कार्य गर्न सुरक्षाकर्मीको बाक्लो परीचालन गरेको भए पनि बिहिबारसम्म भेटाउन नसकेको डिएसपी मगरले बताए ।

बेपत्ता बलको खोजी कार्य भईरहेको छ । अहिले कर्णाली नदी नजिक रहेका सबै प्रहरी चौकीलाई बलको खोजीकार्यमा परिचालन गरीएको छ । यस्तै जिल्ला प्रहरीबाट दश जना, मैला कवाडीबाट चार जना, गल्फागाडबाट चार जना, सर्केगाडबाट पाँच जना, प्रहरी चौकी याङ्गचुबाट ६ जना, र धारापोरी प्रहरी चौकीबाट आठ जना गरेर बलको खोजीका लागी जिल्लाभरीका प्रहरी चौकीबाट ३७ जना प्रहरी परीचालन गरीएको डिएसपि मगरले बताए ।

बेपत्ता बलको कर्णाली करिडोर अन्तरगत हिल्सा सिमकोट सडक खण्डको च्याछरा भिर विस्फोटन गर्ने कामका लागि मकबवानपुरबाट मजदुरी गर्न हुम्ला आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ