arrow

ऋषि कपूरको मृत्युपछि अमिताभ अझै स्तब्ध, सम्झेर लेखे भावुक पोष्ट

logo
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
amiab.png

काठमाडौं । बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको बिहीबार निधन भयो। ऋषि कपूर लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए। उनका घनिष्ठ मित्र तथा बलिउड महानायक अमिताभ बच्चन उनको मृत्युबाट शोकित छन्। अमिताभ बच्चनले ऋषि कपूरलाई सम्झेर भावनात्मक पोष्ट लेखेका छन्।

अमिताभ बच्चनले आफ्नो ब्लगमा लेखेका छन्, 'एक पटक राज कपूरले मलाई उनको घरमा बोलाए, त्यसपछि पहिलो पटक मैले एक युवा, उत्साहित र शैतानी चिन्टूलाई देखे। मैले उनलाई आरके स्टुडियोमा देखेको थिएँ जहाँ उनले आफ्नो फिल्म 'बबी' को तयारी गरिरहेका थिए, उनी एक युवा कलाकार थिए जसले सबै जान्न चाहन्थे, सिक्न चाहन्थे। '

अमिताभ अघि लेख्छन्  'उनी सधै आत्मविश्वासका साथ हिडे। उनको चालबाट मलाई महान पृथ्वीराज कपूर जीको धेरै पटक याद आयो। मैले उनको शुरुका चलचित्रहरूमा उनको चालहरू याद गरें।  यो अरु कोही हुन सक्दैन।

'मैले ऋषि कपूरसँग धेरै फिल्ममा काम गरें। जब उनले आफ्नो लाइनहरु बोल्दथे, तपाईले हरेक लाइनलाई विश्वास गर्नुहुन्छ। उनीसँग अर्को विकल्प थिएन। उनी बिना कुनै शंका  महान थिए। बलिउडमा कसैले पनि गीतमा उनले जतिको राम्रो लिपसिङ गर्न सक्दैनथे ।

अमिताभ सम्झन्छन् 'सेटमा कुनै पनि कार्यक्रम मात्र नभएर अत्यन्त कठिन अवस्थामा पनि हाँस्न अवसर जुराउथे'। अमिताभले अझै लेखेका छन्  'डाइग्नोसिसको क्रममा जतिसुकै गाह्रो भए पनि, उनी चाँडै भेट्ने कुरा गर्थे। यो अस्पतालमा सामान्य जाँच मात्र हो। हामी चाँडै भेट्नेछौं। '

अमिताभ कहिल्यै ऋषि कपूरलाई अस्पतालमा भेट्न गएनन्। अमिताभले भने 'जीवनको प्रत्येक क्षणको आनन्द लिनु उनको जीनमा थियो। उनले यो लेजेन्ड राज कपूरबाट पाए। म उनलाई भेट्न कहिले अस्पताल गइन। म उनको हसिलो अनुहारमा उदासीपन देख्न सक्दिन थिए।  तर मलाई पक्का उनले हामीलाई छोडेर गए पनि उनले अनुहारमा पक्कै मुस्कान लिएर गएको हुनुपर्छ। '

कुनै समय अमिताभसँग ऋषि कपूरको प्रतिस्पर्धा थियो । 'खुल्लम खुल्ला' नामको आत्मकथामा ऋषि कपूरले भनेका छन्, मैले ३० हजार रुपियाँ दिए फिल्मफेयर अवार्ड मेरो नाममा गरेको थिएँ। वास्तवमा यो १९७३ को कुरा हो। यसैले उनले 'बबी' फिल्मका लागि सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जिते। त्यस समयमा अमिताभ बच्चन 'जंजीर' मा सर्वश्रेष्ठ प्रदर्शन गर्ने उनका प्रतिस्पर्धी थिए। 

ऋषि कपूरले पछि यो पनि सोचे कि अवार्डकै कारण  अमिताभ र उनको सम्बन्ध शीतलयुद्ध सुरु भएको छ ।  अमिताभ आफू पुरस्कार पाउन योग्य सम्झन्थे। यस कारणले गर्दा, उनीहरूको सम्बन्धमा खटपट आयो । यद्यपि,दुबै बीच सम्बन्ध सुधार भयो ।

क्यान्सर पीडित उनको अवस्था गम्भीर भएपछि बुधबार राति मुम्बई स्थित एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो । 

अस्पतालको ओछ्यानमा ढल्किरहेको बेला  पनि  कुनै तरिकाले मनोरन्जन गराउन खोजिरहेका थिए। ऋषिसँग पत्नी एवं अभिनेत्री नीतू साथमा थिइन् । यस प्रकार, ऋषि कपूरले आफ्नो जीवन्तता देखाए।  सधै खुसी रहने ऋषि कपूरका परिवारका सदस्यहरूले पनि उनलाई आँसुको साथमा होइन मुस्कानका साथ सम्झन चाहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ