कोरोना संक्रमित रुपन्देहीका युवा भारतबाट आएको पुष्टि
नारायण वली,
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
987
Shares
रुपन्देही । प्रदेश– ५ को अस्थायी मुकाम रुपन्देहीमा शुक्रवार (आज) कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका उक्त युवा वैशाख ५ गते भारतबाट आएको पाईएको छ ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं.१ का कोरोना संक्रमित २५ वर्षीय युवा सम्मरीमाईको ठोटरी नाका प्रयोग गरेर भारतबाट घर आएको पुष्टि भएको छ । भने उनलाई उनका दाईले घर नलगेर स्थानिय मर्चबार आदर्श बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा पुर्याएको पारिवारीक स्रोतले वताएको छ ।
उक्त क्वारेन्टाइनमा रहेका १० जना मध्ये शुक्रवार कोरोना भाइरस परिक्षण गर्दा उनमा (कोभिड–१९) संक्रमण पोजेटिभ देखिएको कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले जानकारी दिए ।
यस्तै उनको स्वास्थ्य अवस्था सामान्य रहेपनि थप उपचारका लागि उनलाई बुटवलमा स्थापना गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा ल्याईएको कोरोना विशेष अस्थायी अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिएका छन् ।