arrow

जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

logo
रासस,
प्रकाशित २०७७ वैशाख २० शनिबार
sankhuwasabha.png

खाँदबारी। कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १ सरकारले जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभालाई रु पाँच लाख मूल्यभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ। प्रदान गर्ने स्वास्थ्य सामग्रीमा ३६० किट, इन्फ्रारेड थर्मलगन तीन, पिपिइ सेट ५० र एन–९५ मास्क ५० थानका साथै क्लोरिन, पञ्जालगायतका छन्। सो किट पाँच लाख रुपैयाँ मूल्य बराबरको रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए। उनले यसअघि पनि प्रदेश सरकारले आरडिटी टेष्ट गर्न २१० थान किट उपलब्ध गराएको बताए।

त्यस्तै हेल्पिङ हेण्डस् सामुदायिक अस्पताल काठमाडौंका सञ्चालक डा गुप्तबहादुर श्रेष्ठले विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन्। डा श्रेष्ठले जिल्ला समन्वय समितिमार्फत अत्यावश्यक अक्सिजन कन्र्सन्टेटरसहितका सामग्री उपलब्ध गराएका हुन्।

स्वास्थ्य सामग्री शुक्रबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिले सम्बन्धित स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको हो। डा श्रेष्ठले ताम्कु प्राथमिक स्वास्थ्य केन्द्र, नुम प्राथमिक स्वास्थ्य केन्द्र, वाना प्राथमिक स्वास्थ्य केन्द्र र चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक अक्सिजन कन्र्सन्टेटर, निबुलाइजर, पल्स ओक्सीमिटर, आस्थालिन सोलुसन, पिपिइ सेट, एन–९५ मास्कलगायत नौ प्रकारका सामग्री सहयोग गरेका हुन्। उनले एक प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब रु डेढ लाख बराबरको सामग्री सहयोग गरेका हुन्।

त्यस्तै डा श्रेष्ठले जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल खाँदबारी र तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई पनि स्वास्थ्य सामग्री सहयोग गरेका छन्। उनले अस्पताल र स्वास्थ्य कार्यालयलाई पिपिइ सेट, स्यानिटाइजर, मास्कलगायतका सामग्री सहयोग गर्नुभएको छ भने तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई मेडिकल मास्क र स्यानिटाइजर उपलब्ध गराएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ