arrow

रित्तिँदै स्थानीय तहका क्वारेन्टाइन

logo
रासस,
प्रकाशित २०७७ वैशाख २० शनिबार
kailali-quarantine.jpg

कञ्चनपुर। कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि कञ्चनपुरका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन रित्तिन थालेका छन्। क्वारेन्टाइन अवधि पूरा गरी भारतलगायत अन्य मुलुकबाट आएकाहरु घर फिर्ता भएका हुन्। क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षणमा नतिजा नेगेटिभ आएपछि सबै घर फिर्ता भएका छन्। भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिलाई राख्न नौवटै स्थानीय तहले क्वारेन्टाइन सञ्चालनमा ल्याएका थिए। नौ स्थानीय तहमध्ये चार स्थानीय तहका क्वारेन्टाइनमा मात्रै ८६ जनालाई राखिएको छ।

छ स्थानीय तहका क्वारेन्टाइनमा रहेका व्यक्ति घर फिर्ता भइसकेका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीका अनुसार कञ्चनपुरका नौ स्थानीय तहमा ५४० श्यया क्वारेन्टाइनको सङ्ख्या रहेको छ। जसमध्ये पुर्नवास नगरपालिकाले सञ्चालन गरेको ५० श्ययाको क्वारेन्टाइनमा १२, बेलौरी नगरपालिकाले सञ्चालन गरेको १०५ श्ययाको क्वारेन्टाइनमा ३६, लालझाडी गाउँपालिकाले सञ्चालन गरेको ८९ श्ययाको क्वारेन्टाइनमा १८ र बेलडाँडी गाँउपालिकाले सञ्चालन गरेको २३ श्ययाको क्वारेन्टाइनमा २० जनालाई राखिएको छ।

भीमदत्त नगरपालिकामा १००, महाकाली नगरपालिकामा ५१, बेदकोट नगरपालिकामा ६४, शुक्लाफाँटा नगरपालिकामा २२ र कृष्णपुर नगरपालिकामा ३६ क्वारेन्टाइन श्यया सङ्ख्या रहेको छ। भीमदत्तमा १४५, महाकालीमा २२, बेदकोटमा २३, शुक्लाफाँटामा २२, कृष्णपुरमा ३१, पुर्नवासमा ३४, बेलौरीमा ६६, लालझाडीमा १२३ र बेलडाँडीमा १४ गरी ४८० जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएको अधिकृत जोशीले बताए। उनका अनुसार क्वारेन्टाइनमा बसेका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य गरी एक हजार ७१९ को आरडिटी परीक्षण गरिएको छ।

आरडिटी परीक्षण गरिएकामध्ये दुईको रिपोर्ट पोजेटिभ आएकामा पिसीआर परीक्षणमा दुवैको नतिजा नेगेटिभ आएको छ। क्वारेन्टाइनमा बस्दै आएका २०५को स्वाब परीक्षण गरिएकामा एक जनाको रिपोर्ट पोजेटिभ आएकामा उपचारपछि रिपोर्ट पोजेटिभ आएका व्यक्ति पूर्णरुपमा स्वस्थ्य भई घर फिर्ता भएका छन्।

कञ्चनपुरमा भारतलगायत अन्य मुलुकमा आएकाको सङ्ख्या भने पाँच हजार ७७६ रहेको छ। पिपिइको सङ्ख्या ४३९ रहेको छ। हालसम्म नौवटै स्थानीय तहका ज्याला मजदुरी गरी जीविन निर्वाह गर्ने २२ हजार ५६९ परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ