arrow

ताप्लेजुङमा भएको आगलागीमा सात घर सहित ११ पसल जलेर नष्ट

logo
प्रकाशित २०७७ वैशाख २० शनिबार
taplejung-fire1.jpg

ताप्लेजुङ। शुक्रबार राती ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ। शुक्रबार राति ११ बजेपछि फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रमा लागेको आगो ४ घण्टामा नियन्त्रणमा आएको थियो।

आगलागीबाट ७ वटा घर र ती घरमा रहेको ११ वटा पसल जलेर नष्ट भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनलका अनुसार आगलागीबाट मानवीय क्षति भने नभएको जानकारी दिए।

आगलागीपछि नियन्त्रणका लागि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। राति मानिस सुतिसकेको समयमा आगलागी भएपछि घरमा रहेका ग्यास सिलिण्डर विस्फोट भएर वातावरण झनै आतंकित भएको थियो।

आगलागीको कारण भने खुलेको छैन। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। फुङलिङ बजारमा पटक पटक आगलागी हुने गरेको छ। २०७१ सालको आगलागीमा ३५ घर जल्दा करोडौंको क्षति भएको थियो भने ९० परिवार विस्थापित भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ