arrow

बैशाख २५ देखि शैक्षिक संस्था तालाबन्दी गर्ने अखिल क्रान्तिकारीको घोषणा

logo
प्रकाशित २०७३ वैशाख १८ शनिबार
akhil-revoluation-student.jpg.jpeg
काठमाडौ। संठनका केन्द्रीय सदस्य प्रकाश अधिकारी र काठमाडौ जिल्ला सदस्य विकास अधिकारको रिहाईको माग गर्दै नेकपा माओवादी (विप्लब) समूह निकट अनेरास्ववीयू क्रान्तिकारीले आन्दोलनको घोषणा गरेको छ। 
 
अखिल क्रान्तिकारी उपत्यका विशेष समन्वय समितिले शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको हो। 
 
घोषित आन्दोलनको कार्यक्रमहरुमा अनिश्चितकालिन शैक्षिक सस्थामा तालाबन्दी सम्मका रहेका छन।  अन्य कार्यक्रमहरुमा बैशाख १९ गते प्रचार प्रसार, बैशाख २० गते जिल्ला शिक्षा कार्यालय घेराउ, २१ गते जिल्ला प्रशासन कार्यालय काठमाडौमा ज्ञापनपत्र बुझाउने र कलेज अगाडि प्रर्दशन गर्ने, बैशाख २२ गतेदेखि जिल्ला शिक्षा कार्यालयमा कर्मचारी प्रवेशमा रोक लगाउने, बैशाख २३ र २४ गते शैक्षिक संस्थाको प्रशासनमा तालाबन्दी गर्ने र बैशाख २५ गतेदेखि अनिश्चितकालिन रुपमा शैक्षिक सस्थामा तालाबन्दी गर्ने रहेको छ। 
 
पत्रकार सम्मेलनमा संयोजक लोकेश विश्वकर्माले बैशाख १७ गते काठमाडौका जिल्ला शिक्षा अधिकारी शंकर बहादुर गौतममाथि कालोमोसो दलेको घटनामा संलग्न भएको आशंकामा पक्राउ गरिएका अधिकारी द्धयलाई तत्काल रिहा नगरे राज्यले त्यसको गंभिर परिणाम भोग्नु पर्ने चेतावनी दिए। उनले केन्द्रीय सदस्य अधिकारी पक्राउ परेदेखि भोक हडतालमा रहेकोले उनको जीवनको रक्षाको माग गर्दै आफुहरुलाई राज्यले नै आन्दोलनमा जान बाध्य पारेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ