arrow

कांग्रेस सभापति देउवा स्थानीय तहका जनप्रतिनिधीसँग संवादमा

logo
प्रकाशित २०७७ वैशाख २० शनिबार
deuba-local-leader.jpg

नुवाकोट। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा कोरोना संकटसँग जुधिरहेका स्थानीय तहका जनप्रतिनिधीसँग संवादमा जुटेका छ्न्। संवादमा देउबाले स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीले गरेका कामसँगे कोरोना संकटमा गरेका कामको बारेमा चासो राख्दै आएका छ्न्।

यसैबीच देउवाले सुर्यगढी गाउँपालिका नुवाकोटका अध्यक्ष सन्तबहादुर घलेसँग शनिवार टेलीफोन सम्बाद गरेका छ्न्। कांग्रेसबाट निर्वाचित देशैभरिका जनप्रतिनिधिहरुले गरिरहेका कामको चासो राख्ने क्रममा सभापति देउवाले सनिवार अध्यक्ष घलेलाइ टेलिफोन गरि गाउँपालिकाले कोरोना रोग समन्धी संचालित गतिविधिहरुको बारेमा चासो व्यक्त गरेका थिए।

सम्बादको क्रममा गाउँपालिकाले ११ जनाको क्षमता भएको लागि क्वारिन्टिन तयार गरेको, नागरिकहरुलाइ मास्क, सेनिटाइजर, साबुन बितरण गरियको, सबै स्वास्थ केन्द्रहरुलाइ तयारीमा राखेको, बिदेशबाट आएका गाउँपालिका भित्रका १३ जनाको नमुना परिक्षणको लागि पठाइएको र सबैको नेगेटिभ देखिएको, गाउँपालिकाको ५ बटै वडामा बिपन्न तथा ज्याला मजदुर गर्ने १०७६ घरथुरीका ३९७६ जना लाई राहत बितरण गरिएको, विभिन्न रोगबाट नियमित औसधि सेवन गरिरहनु भएको गाउँ पालिका भित्रका ५६० जना बिरामीहरु लाई एक महिनाको औषधी गाउँपलिकाले खरिद गरि घर घर पुराउने काम गरेको जानकारी अध्यक्ष घलेले सभापति देउवालाई गराए।

सभापति देउवाले स्थानीय सरकारले गरिने सेवा प्रभावमा कुनै खालको भेदभाव नगरी निष्पक्षरूपमा काम गर्न सुझाव दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ