arrow

कांग्रेस संसदीय दलका नेता डा.रावलद्वारा आफ्नो निर्वाचित क्षेत्रमा खाद्यान्न सहयोग

logo
प्रकाशित २०७७ वैशाख २० शनिबार
corona-relief-mp.jpg

बौनिया। सुदुरपश्चिम प्रदेश सांसद डा.रणबहादुर रावलले जन्मदिनको अवसर पारेर खाद्यान्न सहयोग गरेका छन्। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका सांसद डा. रावलले आफू निर्वाचित कैलाली क्षेत्र नं १ (क) मा रहेको टीकापुर नगरपालिकालाई २ लाख ५० हजार रुपैयाँ बराबर खाद्यान्न सहयोग गरेका हुन्। 

शनिबार टीकापुर नगरपालिकाको कार्यालयमै गएर सांसद डा.रणबहादुर रावल र पूर्व स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन्। नेताद्वयले आफै उपस्थित भएर संयुक्त रुपमा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावल र उपप्रमुख केशरी बिष्टलाई खाद्यान्न हस्तान्तरण गरेको रावलका स्वकीय सचिव धनञ्जय रिमाल फकीरले जानकारी दिए।

त्यस्तै, प्रदेश समिति र नगर समितिले टीकापुरमा कार्यरत पत्रकारहरुलाई मास्क र सेनिटाइजर वितरण गरेको स्वकीय सचिव रिमालले बताए। विभिन्न १५ जनालाई मास्क र सेनिटाइजर वितरण गरिएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलमार्फत पत्रकारहरुलाई मास्क र सेनिटाइजर प्रदान गरिएको छ।

प्रदेश समिति सभापति प्रकाश शाहका अनुसार ५० क्वीन्टल चामल र ४ क्वीन्टल दाल हस्तान्तरण गरिएको छ। उनले विपन्न परिवारलाई राहत वितरणका लागि खाद्यान्न सहयोग गरेको बताए। उनले नागरिकलाई परेको समस्यामा नेपाली कांग्रेस सदैव समाधानका रुपमा प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ