arrow

अनलाइन कक्षा चलाउन विद्यार्थीलाई निःशुल्क इन्टरनेट देऊ – नेविसंघ 

logo
प्रकाशित २०७७ वैशाख २१ आइतबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण प्रभावित विद्यार्थीलाई घरमै बसीबसी अनलाइन कक्षामार्फत शिक्षा दिने प्रयास भइरहेको छ । 

यसै सन्दर्भमा निःशुल्क इन्टरनेट सेवा नपाएका खण्डमा विद्यार्थीले उक्त शिक्षा लिन कठिन हुने भन्दै नेपाल विद्यार्थी संघले निःशुल्क इन्टरनेट सेवाको आवाज उठाइरहेको छ । 

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विद्यार्थीहरुलाई अध्ययन र अध्यापनमा सहजता का निम्ति अनलाइन कक्षाको बहस चलिरहेको वर्तमान सन्दर्भमा निःशुल्क इन्टरनेट सेवा उपलब्धताका निम्ति दवाव दिइरहेको बताए । 

उनका अनुसार आइतबार बिहान १०ः३० बजे नेपाल दुर संचार संस्थान, केन्द्रीय कार्यालय भद्रकाली र दिउँसो १२ः३० बजे नेपाल दुर संचार प्राधिकरण, कमलादीमा नेबिसंघ केन्द्रीय समितिको तर्फबाट ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । 

उनले विद्यार्थीहरुलाई सामाजिक दूरी कायम राखी उपस्थिति र समन्वयका लागि अनुरोधसमेत गरेका छन् । 

महामन्त्री तिलल्सिनाले लकडाउनले गर्दा विद्यार्थीहरुलाई बिहान साँझको खानाको व्यवस्था गर्न नै समस्या भइरहेका अवस्थामा अध्ययनका लागि इन्टरनेटमा महंगो रकम तिर्नु सम्भव नहुने भन्दै निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसंग माग गरिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ