arrow

क्वारेन्टाइनमा कति दिन बस्ने ? 

logo
प्रकाशित २०७७ वैशाख २१ आइतबार
kailali-quarantine.jpg

काठमाडौं । अहिले सामान्यतया १४ दिनमात्र कोरोना भाइरसको महामारीको नियन्त्रणका लागि राखिएको क्वारेन्टाइनमा बस्ने चलन छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम लगाएको छ । 

नेपालमा पनि १४ दिनको सिद्धान्त लागु छ । विदेशबाट आउनेले अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्छ । 

त्यसैगरी विभिन्न पालिकाले अर्को ठाउँबाट गएकालाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरेका छन् । 

तर चीनको वुहानमा भने त्यो सिद्धान्त गलत सावित भएको छ । चीनको वुहानमा महामारी नियन्त्रणमा आएको छ । वुहानमा १४ प्लस १४ म्यानेजमेन्ट गरी २८ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ । 

मतलब बिरामी पहिले मेडिकल सेन्टरमा १४ दिन क्वारेन्टाइनमा बस्छ भने त्यो समयपछि यदि रिपोर्ट नेगेटिभ आयो भने घरमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । 

चीनको टेष्ट काउन्सिलले यसको पुष्टि गर्दै १४ प्लस १४ सिद्धान्त गरेको जनाएको हो । 

चीनको सांघाइ, बेइजिङसमेत गरी १० शहरमा न्यूक्लिक एसिड टेष्ट गरिएको छ । सांघाइबाट यसको सुरुआत गरिएको छ । यसलाई सांघाइमा अनिवार्य गरिएको छ । 

अहिलेसम्म चीनको वुहानबाट फैलिएको कोरोना चीनमा मात्र नियन्त्रणमा आएको छ । त्यहाँ ८२ हजार ८ सय ७७ जना संक्रमित भएकामा ७७ हजार ७१३ जनालाई निको भइसकेको छ । ४ हजार ६३३ जनालाई निको भएकामा ५३३ जनालाई मात्र अहिले संक्रमण सक्रिय छ । 

चीनले दुई विषयमा ध्यान दिइरहेको छ । पहिलो हो ठीक भएका बिरामीको स्थिति जान्नु र दोस्रो हो रोग फेरि नबल्झियोस् भन्नका लागि उचित उपायको अवलम्बन । 

यसकारण चीनमा कोरोना पूर्णरुपले नियन्त्रणमा आइसक्यो भन्ने यकिन अझै भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ