कोरोना : रुपन्देहीमा किट सकियो, बन्द हुने अवस्थामा पुग्यो प्रयोगशाला
नारायण वली,
प्रकाशित २०७७ वैशाख २१ आइतबार
546
Shares
रुपन्देही । कोरोना भाईरस (कोभिड–१९) को जाँचलाई तिव्र वनाउन प्रदेश–५ सरकारले रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रमको कार्यालयमा निर्माण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला किट अभाव हुँदा सोमवार (भोली) देखि वन्द हुने देखिएको छ ।
गत चैत्र २३ गतेदेखि नमूना परिक्षण सफल भएपछि नियमित रुपमा स्वाव परिक्षण सञ्चालन गरिएको उक्त प्रयोगशालामा करिव एक महिना नवित्दै किट अभाव भएपछि बन्द हुने अवस्थामा पुगेको प्रदेश जनवास्थ्य प्रयोगशाला कार्यालयले जनाएको छ ।
यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र कुमार गिरीका अनुसार आईतवार (आज) १० जनाको स्वाव परिक्षण गरिएको बताए । सवैको रिपोर्ट नेगेटिभ आएको जनाउँदै उनले सोमवार (भोलि) देखि किट नहुँदा स्वाव परिक्षण कार्य वन्द हुने सुनाए ।
संघिय सरकारसँग आवश्यक किट माग गरिएपनि अझैसम्म उपलब्ध नभएकाले प्रयोगशाला वन्द हुने अवस्थामा पुगेको उनले वताएका छन् ।