arrow

एक हप्तामा ६ हजार ७ सय ६५ जना मुगु भित्रिए

उद्धार गरिएकाहरु भन्छन् : नजिकको सरकारको बल्ल अनुभुती भयो

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ वैशाख २१ आइतबार
Mugu-corona-rescue.jpg

मुगु। कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी चैत्र ११ गतेबाट लागु भएको लकडाउनका कारण अलपत्र परेर जिल्लाका चार स्थानिय तह मध्ये तिन स्थानिय तहका ६ हजार ७  सय  ६५ जना जिल्लामा भित्रिएका छन ।

अध्ययन, रोजगारी तथा औषधी उपचारको लागी काठमाडौ नेपालगंज र सुर्खेतमा रहेका  ६  हजार ७ सय ६५ जनालाई जिल्लाका चार स्थानियतह मध्य तिन छाँयानाथ रारा नगरपालिका  सोरु र मुगुम कार्मारोङ गाँउपालिकाले उद्धार गरि जिल्ला  भित्राएका हुन् ।

बिहिबार मात्र काठमाडौमा रहेका आफना बासिन्दालाई छाँयानाथ रारा नगरपालिकाले १२ र सोरु गाँउपालिकाले १२  गरी जम्मा २४ बस मार्फत ८ सय ६५ जना जिल्लामा भित्राएका छन । बैशाख १२ गतेदेखि हालसम्म जिल्लामा भित्रिनेको संख्या ६ हजार ७ सय ६५ जना पुगेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नरेश बिकले जानकारी दिए ।

काठमाडौबाट २४ बसमा रहेका छाँयानाथ रारा नगरपालिका र सोरु गाँउपालिकाका ८ सय ६५ जनाको नेतृत्व गरेर आएका उद्धार टोलीका सदस्य पुर्व सभासद नबराज धामिका अनुसार  प्रत्येक बसलाई मुगु सम्म १ लाख ४५ हजार तिरेर दुई स्थानिय तहहरुले आफना बासिन्दालाई उद्धार गरेका हुन ।

जिल्लाका चार स्थानिय तह मध्य कोरोना भाईरस सक्रमणको त्रासका कारण हाल बसेको स्थानमै आफना बासिन्दालाई राहत वितरण गर्ने भन्दै खत्याड गाँउपालिकाले आफना एक जना नागरिकलाई  आफनो गाँउपालिकामा भित्राएको छैन । मुगुम कार्मारोङ गाँउपालिकाले आफनै खर्चमा कसैलाई उद्धार नगरेको भएपनी आफनै खर्चमा काठमाडौमा रहेका बासिन्दा दुई बस रिजर्व गरेर घर पुगेका छन् ।

प्रदेश तथा स्थानिय तहले आफनै तवरले उद्धार गरेर यत्रो संख्या जिल्लामा भित्राएका छन । गृह मन्त्रालय र स्थानिय प्रशासनसंग कुनै समन्वय भएको छैन । काठमाडौ, सुर्खेत, नेपालगंज र भारत तथा तेस्रो मुलकबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाईनमा राख्ने भनेर जिल्ला प्रशासन कार्यालयमा बैशाख १० गते बसेको सर्ब दलिय बैठकमा निणर्य  भएको छ । उद्धार गर्ने स्थानियतहले के कसरी ब्यवस्थापन गर्छन त्यो स्थानिय तहमै भर पर्ने भएकाले यति ठुलो संख्या जिल्लामा ल्याउन प्रशासनको कुनै भुमिका नरहेको सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले बताएका छन ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागी बाहिरबाट आउनेहरुका लागि स्थानिय तहले आफना वडा बस्तिमा क्वारेन्टाईन आईसोलेसनको ब्यवस्था गरेको भएपनी कोहीपनी क्वारेन्टाईनमा बस्न मान्दैनन्। उनिहरुलाई उद्धार गर्दा नै अनिवार्य १४ दिन होम क्वारेन्टाईनमा बस्ने भनेर कागज गरापछी मात्र उद्धार गरिएको हो । सबैलाई क्वारेन्टाईनमा राख्न सम्भव नभएकाले हाल उद्धार गरिएका सबैलाई द्रुत परिक्षण गराई होम क्वारेनटाईनमा राखेर वडाहरुले निगरानीमा गरिरहने छाँयानाथ रारा नगरपालिकाका मेयर हरिजङ शाहीले बताए।

उद्धार गरिएकाहरु भन्छन् : नजिकको सरकारको बल्ल अनुभुती भयो

काठमाण्डौ,सुर्खेत र नेपालगंजबाट उद्धार गरिएका नागरिकहरु आफनो जिल्ला पुग्दा पिंजडाबाट स्वत्न्त्र भए झै भएको महशुस भएको बताउँछन् । छायाँनाथ रारा नगरपालिका वडा नं १ का नन्द बहादुर मल्ल काठमाडौंमा दिनभरी कोठा भित्रै बस्दा टाउको दुख्ने, अल्छी लागने भएको, खर्च सकिदै गएपछि खाना खाने पैसा समेत नपाउने अवस्था भैरहेका बेला संघिय सरकारले केहि व्यवस्था गरेन बल्ल संघियताको महत्व बुझियो नजिकको भनेको नजिक कै हुँदो रहेछ ,छायाँनाथ रारा नगरपालिकाले आफै बस भाडा व्यहोरेर घर ल्यायो अहिले नजिकको सरकारको अनुभती भएको बताउँछन ।

उनी मात्र हाईन काठमाडौ,सुर्खेत र नेपालगंजबाट उद्धार गरिएका नगरपालिका र सोरु गाँउपालिकाका करिव १५ सय जना नागरिकले स्थानिय सरकारको जय जयकार गरेका छन् । श्रीनगर गाँउका स्थानिय युवा सुरेन्द्र बहादुर मल्ल स्थानिय सरकारले गरेका अहिलेसम्मका कामहरु मध्य यो काम जनमुखि र जनता प्रत्यक्ष राहतको अनुभुती गर्ने काम गरेको बताउँछन् । ‘जनतालाई जे तत्कालिन आवश्यकता हो त्यही नै विकास हो’ उनले भनें। उनले स्थानिय सरकारलाई धन्यवाद दिंएका छन्।  ।

‘जती सुविधा सम्पन्न भएपनि दुख्खको बेला आफनै घर आँगन प्यारो लाग्दो रैछ । स्थानिय सरकारले काठमाडौमै पैसा पठाएर आफना नागरिकलाई राहत दिन सक्थ्यो तर पिंजडामा सुगालाई चौरासी व्यन्जन खाना दिएपनि उ स्वतन्त्र भएको महशुस गर्दैन हामी त्यस्तै हुन्थ्यौ । स्थानिय सरकारहरुले हाम्रो समस्यालाई बुझेर निशुल्क घरसम्म ल्याए हामी उहाँहरुले भने झै १४ दिनसम्म आफना घर आँगन भन्दा बाहिर जाने छैनौ स्वास्थ्यमा कुनै समस्या आए वडा कार्यालयमा सम्पर्क गर्नेछौ’ सोरु गाँउपालिकाका वडा नं ६ का सुवाश मल्ल भन्छन ।

आफुहरुले बनाएका क्वारेन्टाईनहरुमा उद्धार गरिएका नागरिकहरु नअट्ने भएपछि दुवै पालिकाहरुले आफनै घरमा १४ दिनसम्म बस्न सर्तमा उनीहरुलाई उद्धार गरेका थियो ।

गत ९ गते बंगलादेशबाट घर जान नेपाल आएका वडा नं ५ ढुम गाँउका देविकृष्ण विक लकडाउनको घोषणाले मुगु आउन पाएनन्। उनी १ महिनासम्म काठमाडौको होटलमा बस्दा बेखर्ची भएको स्थानिय सरकारले बसको व्यवस्था गरेर आपना नागरिकलाई उद्धार गदैछ भन्ने खबर पाएपछि तिनै बसमा आफु घर पुगेको बताउँछन । उनी भन्छन् हाम्रालागि त स्थानिय सरकार भगवानै भएर आयो ।

‘मान्छेहरु यसो गर्नु पर्ने उसो गर्नु पर्ने भन्छन्,बाहिरबाट आएका कोरोना ल्याउछन भन्छन त्यो हामीलाई पनि चिन्ता छ मेरा पनि आमा,बा,भाई बहिनी परिवार छन म मा केहि भए सबैमा सर्छ त्यसैले हामी सचेत भएर आफु,घर परिवार र गाँउ बचाउन सेल्फ होममा बस्ने छौ । नगरपालिकाले उद्धार गरेको कुरा काटनेहरुलाई उहाँ यो संकटको बेला घर गाँउ बाहिर आफना आफन्त,छोराछोरी बेखर्ची भएर घर बाहिर निस्कन नपाएको र भोक भोकै भएको महशुस गर्नुस अनि बल्ल थाहा पाउनु हुन्छ समस्यामा परेकाले पिडा मान्छे अर्काको दुख्खलाई महत्व दिदैन आफनो मात्र महत्व दिन्छ । ‘ देविकृष्णले भनें।

 

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ