arrow

राहत सामाग्री लिएर विद्यार्थीको कोठा कोठामा पुग्दै कांग्रेस नेता अधिकारी

logo
प्रकाशित २०७७ वैशाख २१ आइतबार
Ram-pd-adhikari.jpg

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष रामप्रसाद अधिकारी करीब एक सातादेखि खाद्यान्न तथा तरकारीका पोका बोकेर विभिन्न जिल्लाबाट काठमाडौं डेरा गरि बस्ने दर्जनौं विद्यार्थीको डेरामा पुगिरहेका छन् ।

लकडाउनका कारण घर फर्कन नपाएका तथा खर्चको अभावमा समस्याग्रस्त विद्यार्थीहरुलाई दाल, चामल , नुन , तेल , चिनी , चियापत्ती र आलु,प्याज र हरियो तरकारीहरु जस्ता खाद्य पदार्थ उपलब्ध गराएको नेता अधिकारीले जानकारी दिए ।

‘समस्यामा परि हामीसंग सहयोगको आग्रह गर्ने साथीहरुका लागि आवश्यक सामाग्री बोकेर हामी उहाँहरुको डेरा नै पुग्ने गरेका छौँ’ उनले भने । हालसम काठमाडौ ,भक्तपुर र ललितपुरमा डेरा गरी बस्ने करिव तीन सय विद्यार्थीलाई राहत उपलब्ध गराइसकेका छौँ र उक्त राहत सामाग्रीहरु बाइक तथा स्कुटरमा राखेर फोन गर्दै लोकेसन लिँदै विद्यार्थीको डेरामा पुग्ने गरेको उनले बताए । यस अभियमानमा अधिकारीलाई उनका नजिकका साथीभाइहरुले पनि सहयोग गरिरहेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ