arrow

मदरसा र घरघरमा गई टिउसन पढाउने शिक्षकबाट थप ९ जनामा फैलियो संक्रमण

नेपालगञ्जमा पुष्टी भएका ९ कोरोना संक्रमितलाई शुसिल कोईराला प्रखर अस्पतालमा राखिने

logo
सौरभ गिरी,
प्रकाशित २०७७ वैशाख २१ आइतबार
swab-collection-nepalgunj.jpg

नेपालगन्ज । नेपालगन्जमा आइतबार ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ। मदरसा र घरघरमा गई टिउसन पढाउने व्यक्ति नै कोरोना संक्रमित पाईएपछि उनको सम्पर्कमा आएकाहरुका परिक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टी भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार आईतवार संक्रमण देखिएकामध्ये ५ जना पुरूष र ४ जना महिला छन्। उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन्।

नेपालगन्ज डिएसपी रोडका ६० बर्षीय ति पुरुष शिक्षकमा कोरोना संक्रमणको पुष्टि भएपछि उनको घरपरिवार र सम्पर्कमा आएकाहरुको स्वाब शनिवार संकलन गरिएको थियो। संक्रमित मध्ये ६ जना ति व्यक्तिको परिवारका सदस्य, एकजना उनले टयुसन पढाउने ठाउँको व्यक्ति र अरु २ जना सम्पर्कमा आएका व्यक्ति रहेका छन्।

उनको घरपरिवार र उनले काम गर्ने महेन्द्र पार्क नजिकै जोलहनपुर्वास्थित मस्जिद, स्थानीय र मदरसाका विद्यार्थी गरी ९० जनाको स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि भेरी अस्पताल पठाइएकोमा आज ९ जनाको कोरोना पोजेटिभ देखिएको हो । 

शुरुमा फेला परेका संक्रमित शिक्षक निजामुद्धिन मर्कसको जमातबाट आएका जमाती रहेको समेत पाइएको छ। उनी लकडाउन हुनु केहि समय अघी मात्र भारतबाट नेपाल आएका थिए। 

आज देखिएका ९ जना कोरोना संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सल अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा लगिने तयारी भइरहेको छ ।

उता पर्साको बिरगञ्जमा पनि थप एक ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ