arrow

क्वारेन्टाइन सेल्टरमा बस्न हिंडेका मानिस कर्णाली नदि छेउबाट बेपत्ता

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ वैशाख २१ आइतबार
Mugu-hamrakura.jpg.jpeg

मुगु । क्वारेन्टाईनमा राख्नका लागी राखिएका एक जना व्यक्ति कर्णाली नदिमा वेपत्ता भएका छन ।

मुगु जिल्ला खत्याड गाँउपालिका वडा नं १ बमकाँडा गाँउ घर भएका अन्दाजी ३५ बर्षिय गिर्मे भनिने प्रेम वि.क आईतबार विहान नजिकै रहेको कर्णाली नदीमा नुहाउने क्रममा वेपत्ता भएको प्रहरीले बताएको छ ।

भारत कामको सिलसिलामा गएका उनी सहित ४८ जनाको टोली दार्चुला नाका हुदै नेपाल आएको र शनिबार बाजुरा जिल्लाबाट मुगु जिल्ला जोडने प्रवेश नाका झुगला पुगेपछि क्वारेन्टाईनका कर्मचारीहरुले उनीसंगै आएका जुम्लाका १८ जनालाई जुम्लातर्फ पठाएका थिए। मुगुका ३० जना मध्य सोरु गाँउपालिकाका १७ जना सोरुतर्फ गएको र बाँकी रहेका खत्याड गाँउपालिकाका १३ झगलामै रहेको खत्याड गाँउपालिकाको क्वारेन्टाईनमा बस भन्दा त्यहाँ बस्न नमाने पछि आईतबार पालिकाका अन्य क्वारेन्टाईनमा बस्ने व्यवस्था गर्ने सल्लाह भएपछि उनीहरु त्यहाँ रहेको पालमा बसेका थिए।

आईतबार विहान ११ बजे पालमा बसेका मध्य १ जना वेपत्ताका दाजु सहित ३ जना नुहाउन गएका थिए। विक नदिमा वेपत्ता भएपछि विकका दाजु र अर्का व्यक्ति दौडदै कणाली नदिमा वेपत्ता भएको खबर गराएका थिए गाँउपालिकाका अध्यक्ष उब्जन बहादुर शाहीलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद निरौलाले बताए।

कर्णाली नदिको छेउमा विकका कपडाहरु भेटिएका र नुहाउदा दाजु समेतसंगै भएकाले विक नदिमा वेपत्ता भएकै हुनसक्ने र विकलाई खोज्न नदिका किनारमा खोजीका लागी बाजुरा, कालिकोट र मुगुका प्रहरी खटिएका छन्। नुहाउदा वेपत्ता भए वा आईतबारबाट क्वारेन्टाईनमा बस्न पर्छ भनेर लुगा छोडी कतै भागे अनुसन्धान भैरहेको पनि प्रहरीले प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताएका छन् ।

बाँकी १२ जनालाई अहिले झुगलामा रहेको खत्याड गाँउपालिकाको क्वारेन्टाईनमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ