arrow

मध्यपुर ठिमीमा विपन्न एवं मजदुरहरुलाई खाना ख्वाउने कार्य जारी

logo
प्रकाशित २०७७ वैशाख २१ आइतबार
madhyapur-Thimi-w7-team.jpg

भक्तपुर। मध्यपुर ठिमी नगरपालिका वडा नं ७ले लकडाउनका कारण समस्यामा परेका विपन्न र मजदुरहरुलाई दैनिक दुई पटक खाना ख्वाउने कार्य गरेको छ।

वैशाख १६ देखि शुरु गरिएको खाना  ख्वाउने कार्य लकडाउन अवधिभर विहान ९-११ र साँझ ६-८को समयमा खानाको प्याकेट वितरण कार्य गरिरहेको वडा अध्यक्ष कृष्ण कुमार प्रजापतिले बताएका छन्।

लकडाउनका करण अति विपन्न र श्रमिक मजदुरहरुको दैनिकीमा असर परेको हुनाले खाना वितरण कार्य शुरु गरेको नेपाली कांग्रेस वडा सभापति दिनेश घजुले बताएका छन्। 

कोरोना संक्रमणको महामारीका कारण नेपालमा लकडाउन गरिएको छ। उक्त संक्रमण फैलिन नदिन गरिएको लकडाउनले दैनिक काम गरेर गुजारा चलाउनेहरुको जिवन अफ्ठ्यारोमा परेको छ। कोही भोकै नबसुन् भन्ने उद्देश्यले खाना वितरण गर्न थालिएको हो।

आजसम्म करिब १४ हजार खानाको प्याकेट बाँडिएको र पहिलो प्राथमिकता गर्भवती तथा सुत्केरी महिलाहरुलाई दिईएको वडा सदस्य शर्मिला विश्वकर्माले बताईन्।

उक्त कार्यमा वडा अध्यक्ष कृष्ण कुमार प्रजापति , र वडाका अन्य प्रतिनिधिहरु धर्म रत्न बाँडे, सुजन पौडेल , शर्मिला विश्वकर्मा, सुजता बाँडे सक्रिय रुपमा आवद्ध रहेका छन्।

त्यसैगरि नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, नेपाली कांग्रेस वडा सभापति  दिनेश घजु, , परिवर्तनको लागि युवा समाज, धुन्चो युवा सञ्जाल, युवान्तरण नेपाल, नेपाल रेडक्रस सिद्धिगणेश उपशाखा, भैरव वहान गुल्म गठ्ठाघर, स्थानिय महिला समुहहरु पनि सक्रिय रहेको वडा सदस्य सुजन पौडेलले जानकारी दिएका छन्। 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ