- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमण अझै रोकिएको छैन । विगत २४ घण्टामा २७ हजार संक्रमित थपिएका छन् । मृतकको संख्या तुलनात्मक रुपमा घटेको छ ।
विश्वभर ३५ लाख ६३ हजार संक्रमित भएकामा अमेरिकामा मात्रै ११ लाख ८७ हजार ५ सय भन्दा बढी संक्रमित भएका छन् । ६८ हजार ५८१ जनाको ज्यान गएकामा २४ घण्टामा १ हजार १३७ नयाँ मृतक थपिएका छन् ।
१ लाख ७८ हजार २६३ जनालाई निको भएको छ । सबैभन्दा बढी संक्रमिमत न्यूयोर्कमा भएका छन् । ३ लाख २३ हजार ८८३ जना संक्रमिमत हुँदा न्यूयोर्कमा २४ हजार ६४८ जनाको ज्यान गएको छ ।
दोस्रो प्रभावित न्यूजर्सीमा १ लाख २७ हजार ४३८ जना संक्रमित हुँदा ७ हजार ८८६ जनाको ज्यान गइसकेको छ ।
२४ घण्टामा संक्रमित बढ्नेमा रुस दोस्रो स्थानमा छ । रुसमा २४ घण्टामा १० हजार ६३३ जना संक्रमित भएका छन् । रुसमा यो संगै संक्रमितको संख्या १ लाख ३४ हजार ६८७ जना भएका छन् ।
रुसमा मृतकको संख्या १ हजार २८० पुगेको छ । २४ घण्टामा ५८ नयाँ मृतक थपिएका छन् । रुसमा प्रधानमन्त्रीलाई समेत कोरोना लागेको छ ।
युरोपेली अन्य मुलुकहरुमा भने संक्रमण कम हुँदै गएको छ । स्पेनमा २ लाख ४७ हजार १२२ संक्रमित हुँदा २५ हजार २६४ जनाको ज्यान गएको छ ।
इटालीमा २ लाख १० हजार ७१७ जना संक्रमित हुँदा २८ हजार ८८४ जनाको ज्यान गएको छ । बेलायतमा १ लाख ८६ हजार ५९९ जना संक्रमित हुँदा २८ हजार ४४६ जनाको ज्यान गएको छ ।