arrow

महेन्द्रसिंह धोनी र उनकी पत्नी शाक्षी 

logo
प्रकाशित २०७७ वैशाख २२ सोमबार
dhoni-sakchee.JPG

काठमाडौं । कोरोना भाइरसको लकडाउनले गर्दा मानिसहरु धेरै फुर्सदिला भएका छन् । भारतीय पूर्व क्रिकेट कप्तान महेन्द्र सिंह धोनीकी पत्नी साक्षी धोनीले पनि आफूलाई फेसनेबल बनाउने क्रममा सन्नी लियोनीको पोज देखाएकी छिन् । 

उनले फेसनयुक्त थुप्रै फोटोहरु सार्वजनिक गर्ने क्रममा एउटा ग्ल्यामर तस्वीरसमेत प्रदर्शन गरेकी छिन् । 

टाइम्स अफ इन्डियाले साक्षीका २२७ वटा तस्वीर सहितको समाचार राखेको छ । धोनी अहिले भारतीय क्रिकेट टिममा छैनन् । 

विश्वपकपछि उनले भारतीय टिमबाट खेल खेलेका छैनन् । यही मौकामा उनकी श्रीमती साक्षीले पनि उनीसंग समय बिताउने अवसर पाएकी छिन् । 

सन् २००८ मा धोनीसंग डेटिङ गर्न थालेकी साक्षी र धोनीको सन् २०१० मा विवाह भएको थियो । 

धोनी भारतका सबैभन्दा सफल कप्तानमध्येमा पर्छन् । उनको नाममा धेरै कीर्तिमान छन् । उनकै नेतृत्वमा भारतले विश्वकप एक दिवसीय र टी–२० क्रिकेट जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ