arrow

प्रेस युनियनद्धारा पत्रकार महासंघलाई सुरक्षित सामग्री प्रदान

logo
प्रकाशित २०७७ वैशाख २२ सोमबार
Capture6.JPG

धनकुटा  । नेपाल प्रेस युनियन सुनसरीले नेपाल पत्रकार महासंघ धनकुटालाई सुरक्षित र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले सुरक्षित सामग्री तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।
मास्क, सेनिटाईजर र पञ्जाहरु नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईको उपस्थितिमा केन्द्रिय पार्षद सुमन गुरागाईले नेपाल पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष नगेन्द्र राईलाई हस्तान्तरण गरेका थिए । 

उक्त सामग्रीहरु नेपाल पत्रकार महासंघ धनकुटा शाखाले धनकुटाका मिडिया हाउसहरुलाई र धनकुटाका संचारकर्मीहरुलाई वितरण गर्ने नेपाल पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवासले बताए । 

धनकुटा उद्योग बाणिज्य संघले पनि धनकुटाका संचारकर्मीहरु र धनकुटामा संचालित मिडिया हाउसहरुलाई यसअघि मास्स,  सेनिटाईजर, हेण्ड वास,पञ्जा लगायतका स्वास्थ्य तथा सुरक्षित सामग्रीहरु प्रदान गरेको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताए ।

नेपाल प्रेस युनियन केन्द्रिय उपाधयक्ष विजय सन्तोषी राईले बिपतमा सवैले सवैलाई सहयोग गर्नु पर्नेमा जोड दिदै नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले नेपाल पत्रकार महासंघ धनकुटा र संखुवासभालाई सुरक्षित सामग्रीहरु प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ