दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुहरुको अभाव नहुने
प्रकाशित २०७७ वैशाख २२ सोमबार
1.1k
Shares
धनकुटा । स्थानीय तहका सरकारले लिने विभिन्न विषयहरुका कर घर भाडा मिनाहा र दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीहरु आर्यात तथा निर्यातको विषयमा आइतबार धनकुटा नगरपालिकाका मेयर तथा उपमेयरसंग धनकुटा उद्योग बाणिज्य संघ र वितरक संघ धनकुटाले छलफल गरेको छ ।
लकडाउनको समयमा धनकुटामा दैनिक उपभोग्य वस्तुहरुको हुन सक्ने अभवा लगायत अत्यावश्यक वस्तु तथा सामग्रीहरुको आर्यात र निर्यात लगायत विविध बिषयमा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग, उपमेयर सकुन्तला वस्नेत, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, निर्वतमान अध्यक्ष उमेश घिमिरे, उपाध्यक्ष कृष्णराज श्रेष्ठ, कार्यकारी सदस्य डिजेश शाक्य, वितरक संघ धनकुटाका कोषाध्यष बिक्रम प्रधान, सदस्य बिपिन थापा लगायतका व्यवसायीहरुबीच छलफल भएको हो ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले धनकुटा नगरपालिका क्षेत्रमा दैनिक उपभोग्य वस्तुहरु अभाव हुन नदिनका लागि सबै पक्ष र सरोकारवालाहरु संग समन्वय र सहकार्य गर्दै आएको बताउँदै संकटमा परेका जोकोहीलाई पनि धनकुटा नगरपालिकाले सहयोग गर्ने बताए । उपमेयर सकुन्तला बस्नेतले लकडाउनलाई सबैले पालना गरी सहयोग गर्नु पर्ने बताइन् ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले विपतको अवस्थामा निजी क्षेत्र हरेक तहका सरकारहरुसंग समन्वय गर्दै सहयोग गर्न तयार रहेको बताउँदै स्थानीय सरकारहरुले व्यवसायीहरुलाई लक डाउनको अवधिभरको व्यावसाय कर, घर भाडा कर लगायत अन्य करहरु छुट गरीदिन र नगरपालिकाको व्यवसायीक भवनहरुमा व्यापार व्यावसाय संचालन गरिरहेका व्यापारी तथा व्यावसायीहरुलाई घर भाडा मिनाहा गरीदिनु हुन अनुरोध गरेका थिए ।
धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरेले सवैको सहयोगबाट मात्र कोरोना भाईरस विरुद्धको लडाईमा सफल हुने भएकाले सवैले सहयोग गर्नु पर्ने बताए । वितरक संघ हिले धनकुटाका अध्यक्ष तथा धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण श्रेष्ठ लगायतका व्यावसायीहरुले समेत सुझाव दिएका थिए ।