arrow

कोरोनासंगै डेङ्गुको उच्च जोखिम, एकै दिन तीन जना अस्पतालमा भर्ना

logo
प्रकाशित २०७७ वैशाख २२ सोमबार
dengue--ji-ha.jpeg

गलेश्वर । म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । 

बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै डेङ्गु सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । 

एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएकी बेनी नगरपालिका–५ भिरमुनि, वडा नं ९ तोरीपानीको पुरुष र वडा नं ६ छापाकी महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले बताए ।

“म्याग्दीको ग्रामीण बस्तीमा धमाधम डेङ्गु सङ्क्रमित भेटिएका छन्, “उहाँहरूको ‘ट्राभल हिस्ट्री’ पनि छैन”, डा बस्ताकोटीले भने । 

बैशाख महिनामा चार पुरुष र एक महिलामा डेङ्गुको सङ्क्रमण देखिएसँगै म्याग्दी डेङ्गु रोगको जोखिम उच्च रहेको डा बस्ताकोटीको भनाइ छ । 

कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन भइरहेका समयमा अन्य रोगमा बारेमा खासै चासो नराख्दा अन्य रोगहरु झन् बढ्ने सम्भावना उत्तिकै छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ