arrow

कांग्रेसद्धारा ५१ हजार प्रदान

logo
मणिप्रसाद गैरे, 
प्रकाशित २०७७ वैशाख २२ सोमबार
Capture8.JPG

कपिलवस्तु । नेपाली कांग्रेस बुद्धभूमि नगरपालिकाले बुद्धभूमि नगरपालिकालाई ५१ हजार रुपैयाँ विपद व्यवस्थापन कोषमा सहयोग गरेको छ । 

नगरपालिकाले आब्हान गरेको कोषमा नेपाली कांग्रेसले पनि नगरका गरिब विपन्न तथा कोरोनाको संक्रमण र लकडाउनको समस्यामा परेकालाई सहयोग गर्न सहयोग गरेको समितिले जनाएको छ ।

बुद्धभूमि नगर समितिका सभापति माधव दोमासेको नेतृत्वमा गएको टोलीले बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठलाई बैंकमा जम्मा गरेको ५१ हजार रकमको बैंक भौचर प्रदान गरेका हुन् । 

सो अवसरमा बोल्दै दोमासेले विपदको बेला नगर भित्रका गरिब वस्तीहरुमा खाद्यान्न वितरण गरेको र केही रकम नगरको कोषमा सहयोग गरी सरकरलाई सहयोग गरेको बताए ।  

विभिन्न संघ संस्थाले नगरपालिकाले आवहान गरेको  सहयोगको लागी नेपाली कांग्रेसले पनि सहयोग गरेको हुंदा पार्टीलाई धन्यवाद ज्ञापन गरे साथै सामाजिक उतरदाहित्वको लागि राजनैतिक दलको सहयोग गर्ने पार्टीको अभियानले नगरको काममा सहयोग पुगेको बताए । 

भौचर हस्तान्तरण टोलीमा क्षेत्रिय सचिव रोमलाल खनाल, नगर सचिव कृष्ण बन्जाडे,कमल अधिकारी वडा नं १ का अध्यक्ष तेज बहादुर बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

कांग्रेस कपिलवस्तुले जिल्लाका विभिन्न पालिकाहरुका गाउं बस्तीमा राहत सामग्री वितरण अधियान जारी राखेको जिल्ला सभापति सुरेन्द्रराज आर्चायले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ