arrow

सरकारको राहत एकद्धार प्रणाली विपन्नलाई पुगेन, संकट टार्न नदीजन्य पदार्थ चोरी 

logo
नारायण वली,
प्रकाशित २०७७ वैशाख २२ सोमबार
baluwa-nadi.jpg

रुपन्देही । महामारी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणका कारण उत्पन्न परिस्थितिले अहिले दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका विपन्न परिवारहरु खाद्यान्नको चरम अभावमा दैनिकी काट्न वाध्य भएका छन् ।

गत चैत ११ गतेदेखि नेपाल जारी गरिएको लकडाउनलाई चरणवद्ध रुपमा थपिँदै आईरहेको छ । जसका कारण औद्योगिक क्षेत्रहरु पूर्णरुपमा वन्द हुँदा दैनिक ज्यालादारीमा काम गर्ने विपन्न वर्गहरु खाद्यान्नको चरम अभावको शिकार बन्न पुगेका छन् ।

यसका साथै रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित रहेको सुकुम्वासी वस्तीका केही व्यक्तिहरुले विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सम्वन्धित वडा कार्यालयमा स्थापना गरिएको राहत कोष जम्मा गरेको राहत पाउने आशमा बसेपनि नपाएपछि तिनाउ नदीमा बालुवा तथा गिट्टी चोरी गर्न वाध्य भएको बताएका छन् ।

५ महिनाकी सुत्केरी लक्ष्मी आलेले आँशु झार्दै भनिन्,  ‘श्रीमानले काम गर्ने ठाउँ बन्द भएपछि दैनिक खानाको व्यवस्था जुटाउन निकै सकस भएको छ ।’

त्यस्तै दलबहादुर आलेले पनि आफु घर बनाउने काम गर्ने मिस्त्री भएको र अहिले काम बन्द भएकाले हातमुख जोर्न धेरै समस्या भएको बताए ।

यसरी राहत नपाएर आफुहरु नदीजन्य पदार्थको चोरी गर्न वाध्य भएको भन्दै चोरी गर्न रहर नभएको दुखेसो पोखेका छन् । 

सरकारले अहिलेसम्म ८० करोड रुपैयाँ बराबरको राहत वितरण गरिसकेको बताए पनि तर स्थानिय तहहरुले अवलम्वन गरेको एकद्धार राहत प्रणाली अझैसम्म वास्तविक विपन्न परिवारको पहुँचसम्म प्रभावकारी बन्न सकेको छैन । 

तर यता बुटवल उप–महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले कानुन अनुसार सुकुम्वासी क्षेत्रमा वसेकाहरुलाई राहत दिन नमिल्ने प्रावधान भएको भन्दै आफुहरुले वडाका करिव २ हजार भन्दा धेरै विपन्न घरपरिवारहरुलाई राहत वितरण गरिसकेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ