arrow

कोरोनाको असर कहिलेसम्म ? कुन देशमा कहिले सकिन्छ ?  

logo
प्रकाशित २०७७ वैशाख २२ सोमबार
corona5.jpg

काठमाडौं । कोरोना भाइरसले विश्वलाई तहसनहस बनाइरहेका बेलामा यसको असर कहिलेसम्म देखिएला भनी झन् ठूलो त्रास बढाइरहेको छ । 

वर्षौंअघि देखिएका भाइरसहरु अहिलेसम्म हटेका छैनन् । त्यसैले सबैभन्दा खतरनाक मानिसबाट मानिसमा सर्ने यो रोगको भाइरसको अस्तित्व कहिलेसम्म हुने भन्ने डर सबैमा छ । 

यसको न त अहिलेसम्म भ्याक्सिन बनेको छ न त औषधि नै । 

 विश्वभर अहिलेसम्म ३६ लाखको हाराहारीमा संक्रमित देखिएका छन् भने अढाइ लाखको हाराहारीमा ज्यान गइसकेको छ । अझै आधा लाख मानिस गम्भीर बिरामी छन् । 

संक्रमित दिनानुदिन बढ्दै जाँदा गम्भीर पनि थपिने निश्चित छ । 

आशा कायमै 
निराशामात्र नभई आशाका किरण पनि देखिन थालेका छन् । सिंगापुमा भएको एक अध्ययनले कुन देशमा कहिलेसम्म कोरोनाको असर रहन्छ भनी देखाइएको छ । 

सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड डिजाइनका शोधकर्ताहरुले आर्टिफिसियल इन्टेलिजेन्स ड्रिवेन डाटा एनालाइसिसका माध्यमबाट बताइए अनुसार विश्वभर कोरोना भाइरसको अन्त्यको समय देखाइएको छ । 

त्यसअनुसार सन् २०२० को डिसेम्बर ९ सम्म कोरोना विश्वभरबाटै अन्त्य हुने बताइएको छ । 

अमेरिकामा २७ अगष्टसम्म कोरोना सम्पन्न हुने बताइएको छ । त्यस्तै भारतमा २६ जुलाइसम्म, इटालीमा २५ अगस्ट सम्म र स्पेनमा ७ अगस्टसम्म कोरोना अन्त्य हुने बताइएको छ । 

फ्रान्समा ५ अगस्टसम्म, बेलायतमा १४ अगस्टसम्म, क्यानाडामा ९ अगस्टसम्म र जर्मनीमा १ अगस्टसम्म कोरोनाको अन्त्य हुने उल्लेख गरिएको छ । 

कोरोना अन्त्य हुने तीन अनुमानित समय दिइएको छ । त्यसअनुसार ९७ प्रतिशत अन्त्य, ९९ प्रतिशत र १०० प्रतिशत अन्त्य गरी दिइएको छ । 

विश्वभर ३० मेसम्म ९७ प्रतिशत, १७ जुनसम्म ९९ प्रतिशत र ९ डिसेम्बरसम्म पूरै अन्त्य हुनेछ । 

शोधका अनुसार समयमा धेरै थोरै परिवर्तन हुन सक्छ । अनुमान बमोजिम चीनमा कोरोना अन्त्य हुने समय अप्रिल ९ सम्म तोकिएको थियो । त्यही दिन चीनको बुहानमा लागेको लकडाउन खुलेको थियो । चीनमा अहिले पनि फाटफुट संक्रमित छन् । तर संख्या उल्लेख्य छैन । 

विश्वभर कोरोनाका ९७ प्रतिशत केस ३० मेसम्म, ९९ प्रतिशत केस जुन १७ सम्म नै समाधान हुने पनि बताइएको छ । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ