arrow

लकडाउनमा जंगल पसेका तीनजना पेस्तोलसहित पक्राउ

logo
रासस,
प्रकाशित २०७७ वैशाख २२ सोमबार
gun.jpg

धनगढी । धनगढी उपमहानगरपालिका–७ देवरियास्थित जाखोरताल जंगलबाट कटुवा पेस्तोलसहित तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

लकडाउनको समय क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) का प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी–१२ का २१  वर्षीय अविनाश थापा, सोही ठाउँका २० वर्षीय नब्बु नामले चिनिने नवराज बराइली र २५ वर्षीय विनोद कुँवरलाई पेस्तोलसहित आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट पेस्तोलमा प्रयोग गरिने एक थान गोलीसमेत बरामद गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान थालिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ