arrow

पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र, सांसदद्वय महेश र किसानलाई पक्राउको बाटो खुल्यो

अपहरणको मुद्धा दर्ता भएसँगै सांसदद्वय महेश र किसान संसदबाट निलम्वन पनि हुन सक्ने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख २२ सोमबार
sarbendra-kishan-mahesh.jpg

काठमाडौं। नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालसहित नेकपाका दुई सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ बिरुद्ध जनता समाजवादी पार्टी (जसपा)का सांसद डा सुरेन्द्र यादवलाई अपहरण र शरीर बन्धक बनाएको मुद्धामा किटानी जाहेरी दर्ता भएको छ। 

प्रहरीमा नलिइएको उजुरी ढीला गरि सरकारी वकिलको कार्यालयमा दर्ता भएको हो। प्रहरी र सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी नलिइएपछि सांसद डा सुरेन्द्र यादवले जसपाका नेताहरु सहित मानवअधिकार आयोगमा समेत उजुरी दिएका थिए। 

यादवले अपहरण गर्नेहरुबिरुद्ध दिएको किटानी उजुरी दर्ता भएकै दिन अपहरणका आरोपित तीन जनाले पनि आफ्नो मानवअधिकारको रक्षा गराई पाउन भन्दै मानवअधिकार आयोगमा उजुरी दिएका छन्।     

वकिलको कार्यालयमा उजुरी दर्तासँगै प्रहरीले कसरी प्रक्रिया अगाडी बढाउँछ धेरैले चासो राखेका छन्। अपहरण र शरीर बन्धकको विषय फौजदारी बिषय हो। यसको जानकारी आए लगत्तै प्रहरीले कार्वाही अगाडी बढाउनुपर्ने थियो। तर राजनीति जेलिएको यो प्रकरणमा प्रहरीले सरकारको कुरा सुनेर उजुरी नै नलिएको अवस्थामा ढीलो गरि वकिल कार्यालयमा दर्ता भएको उजुरी दर्ता पछि कसरी काम गर्छ धेरैको चासोको बिषय भएको छ।

अपहरित भनिएका व्यक्ति आफै उपस्थित भएर उजुरी दिएको अवस्थामा त झन प्रहरीले त्यसलाई प्रमाणको रुपमा लिदै प्रक्रिया अघी बढाउनु पर्ने थियो तर त्यो कमजोरी प्रहरीबाट भइसकेको अवस्थामा अब ढीला नगरि अभियुक्तहरुलाई पक्राउ गरि थप अनुसन्धान गर्नुपर्ने अधिवक्ता तथा डीएलएका अध्यक्ष योगेन्द्र अधिकारीले बताए। 

सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गरेसँगै कानुनी प्रक्रिया शुरु भएको डा यादवका वकिल कृष्ण शर्माले बताए। अब सरकारी वकिलको कार्यालयले प्रहरीकहाँ उजुरीको फाइल पठाई अभियोजन पत्र बनाउन पठाउने शर्माले बताए। 

प्रहरीले सरकारी वकिलको कार्यालयबाट प्राप्त उजुरीका आधारमा अनुसन्धान अधिकारी वा अधिकारीहरुको समूह बनाउन सक्ने शर्माले बताए। गम्भिर प्रकृतिको अपराध भएका कारण प्रहरी परिसरले अपराध महाशाखालाई पनि यो मुद्धा थप अनुसन्धानका लागि पठाउन सक्छ वा आफैले हेर्न सक्ने उल्लेख गर्दै शर्माले सबै अभियुक्तहरुका बिरुद्ध प्रहरीले अब अदालतको आदेश लिई पक्राउ पूर्जी लिन सक्ने बताए। जरुरी पक्राउको विषय समेत देखिने यो केसमा प्रहरीले पहिले पक्राउ गरेर अदालतमा अनुसन्धानको लागि म्याद थप्न लैजान सक्ने अवस्था पनि हुनसक्छ। 

अधिकारीले अदालतमा उजुरी परेपछि अदालतको आदेश अनुसार आरोपित व्यक्तिहरुलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान गर्नुपर्ने बताए। दुई जना वहालवाला सांसद पनि अपहणमा संलग्न भएको मुद्धा दर्ता मात्र भएमा उनीहरुको पद स्वत निलम्वनमा पर्ने छ। निलम्वनमा परेका सांसदहरुलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघी बढाउन सक्छ। 

अदालतले पक्राउ पूर्जी जारी गरेर पक्राउ गरेपछि थुनछेकको वहश हुने अधिकारीले बताए। थुनछेकको वहश अघी पिडित, आरोपितहरु र साक्षी प्रमाणको वयान लिने काम हुने अधिकारीले बताए। थुनछेकको वहश सकिए पछि मात्र मूल मुद्धामा प्रवेश हुनेछ।   

खनाल काठमाडौंको प्रहरी प्रमुख हुँदा र त्यसपछि पनि विभिन्न जिल्लामा यो भन्दा कमजोर केसमा झुटा बयान दिलाउन लगाएर शरिर बन्धकको थुप्रै मुद्धा लगाएको जानकारहरु स्मरण गर्छन। 

‘यो आरोपितहरुलाई अनुसन्धानको दायरामा ल्याउन मिल्ने मुद्धा हो। पूर्व प्रहरी प्रमुखले यो भन्दा कैयौ कमजोर अपहरण र शरीर बन्धक मुद्धामा धेरैलाई कार्वाही दिलाएका छन्।‘ अधिकारी भन्छन,
झुटा मुद्धा लगाउने र इन्काउण्टर खनालको पालामा धेरै भएको यस क्षेत्रलाई नजिकबाट नियालेका जानकारहरु बताउछन्।

प्रहरीको नेतृत्वबाट अवकाश पाएको केहि महिनामै खनाल यसरी गैरकानुनी काममा संलग्न भएर नेपाल प्रहरीको शिर निहुराउने काम गरेको एक पूर्व प्रहरी अधिकारी बताउँछन्। यस्ता गैरकानुनी कार्यमा संलग्न खनाललाई नेपाल प्रहरीले आफ्ना कुनै पनि औपचारिक कार्यक्रममा बोलाउन नहुने उनले बताए।  

अधिवक्ता अधिकारी भन्छन्, ‘मौजुदा कानुनको उलंघन भएको देखिन्छ। सजाँयको दायरामा ल्याउन राज्य आफैले यसको अनुसन्धान गर्नुपर्छ। थप प्रमाण बुझ्दै जाँदा बाँकी कुरा अदालतको फैसलामा आउँने नै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ