arrow

सालीसँगको प्रेमपछि श्रीमतीको हत्या, जंगलमा गाडेको चार दिनपछि शव फेला

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ वैशाख २२ सोमबार
dead-body-parashi.jpg

धनुषा । धनुषाको मिथिला नगरपालिकामा हत्या गरेर जंगलमा गाडेको शव चार दिनपछि प्रहरीले फेला पारेको छ । श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको शव चार दिनपछि फेला परेको हो ।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ लालभिट्टीका २८ वर्षीय हरि चौहानले आफ्नी कान्छी सालीसँगको प्रेम सम्बन्धका कारण आफ्नै श्रीमतीलाई हत्या गरेको बुझिएको छ।
 
हरिले २५ वर्षिया श्रीमती विणा चौहान लामाको हत्या गरेको ढल्केवर प्रहरीले जनाएको छ । बिणाले भने हरिलाइ तिम्रो अवैध सम्बन्ध मेरो बहिनीसँग हो, तिमी जहिले नि ढिलोगरि घर आउँछौ भनेर मानसिक यातना दिँदै आएकोले आवेशमा आएर हत्या गरेका प्रहरीलाई बताएका छन् ।

हरिले विणालाई बहाना गरेर लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर विणाले लगाएको शलले घाँटी बेरेर हत्या गरि शवलाई जंगलमै गाडेको अवस्थामा प्रहरीले चार दिनपछि निकालेका हुन्।

बैशाख १८ गते बिहीबार साँझको समयमा विणालाई जंगल जाउँ भन्दै त्यहाँ लगेर घाँटीमा लगाएको शलले बेरेर उसको हत्या गरि शवलाई जंगलमै गाडेको हरिले प्रहरी समक्ष बयान दिएका हुन् ।  हत्या गर्नुअघि नै हरिले खाल्डो खनि तयार पारेर राखिएका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पेशाले गाडी चालक हरिले बैशाख १९ गते श्रीमती हराएको भन्दै प्रहरी समक्ष मौखिक जानकारी गराएका थिए । विगत पाँच बर्षअघि विणासँग अन्तरजातिय बिबाह गरेकाले बुवाआमाले घरमा बस्न नदिएपछि ससुरालीको छेउमै आफ्नो घर बनाएर बस्दै आएका थिए।

हत्या अभियोगमा हरि चौहानलाई पक्राउ गरि म्याद थपका लागि जिल्ला अदालतमा पठाइएको हो। घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।  मृतक विणाको ४ वर्षकी एक छोरी र साढे दुई वर्षका एक छोरा रहेका छन् ।

हरिले करिव एक सालदेखि आफ्नो कान्छी साली गंगा लामासँग एकतर्फी प्रेम रहेकोले श्रीमतीको करकर सहन नसकेर उसले विणालाई हत्या गरिएको प्रहरीसँग कबुलेको छ।

खाल्डोमा पुरिएको शवलाई ढल्केवर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक तिर्थ कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले आईतबार साँझ निकालेका थिए। भेटिएको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल प्रदेश नम्बर दुई जनकपुरमा पठाइएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ