arrow

नेपालमा ७५ कोरोना संक्रमित, कुन प्रदेशमा कति ?

logo
प्रकाशित २०७७ वैशाख २२ सोमबार
covid-test-corona.jpg

काठमाडौं । मुलुकभर कोरोना भाइरस संक्रमितको सङ्ख्या हाल ७५ पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।  त्यसमध्ये ५८ जना पुरुष र १७ जना महिला रहेका छन् । संक्रमितमध्ये ५९ जना उपचारमा रहेका र बाँकी निको भई घर फर्किसकेका छन् । 

उपचारमा रहेका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमित देखिएकामध्ये प्रदेश नं १ मा ३१, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा १७, कर्णाली प्रदेशमा शून्य र सुदूरपश्चिम प्रदेशमा पाँच जना रहेका छन् ।

 मुलुकभर हालसम्म पिसिआर र आरडिटी प्रविधिबाट गरी कूल ६४ हजार ४८५ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर प्रविधिबाट १३ हजार ६४० र आरडिटी प्रविधिबाट ५० हजार ८४५ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर थप एक हजार ३८२ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिनुभयो । आरडिटी प्रविधिबाट हालसम्म प्रदेश नं १ मा पाँच हजार ८३७, प्रदेश नं २ मा पाँच हजार ७३६, वाग्मती प्रदेशमा आठ हजार ६१०, गण्डकी प्रदेशमा पाँच हजार ८८२, प्रदेश नं ५ मा चार हजार ८३१, कर्णाली प्रदेशमा पाँच हजार ८१३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १३६ जनामा कोरोना परिक्षण गरिएको छ ।

मुलुकभर हाल जम्मा २१ हजार ५२३ जना क्वारेटाइनमा रहेका छन् भने आइसोलेशनमा रहेका सम्भावित संक्रमित तथा बिरामीको सङ्ख्या कूल १०६ रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । 

त्यसमध्ये काठमाडौँ उपत्यकामा एक र उपत्यकाबाहिर १०५ जना आइसोलेशनमा रहेका छन् । मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा एक हजार ८७६ स्वास्थ्य जिज्ञासासम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उहाँले बताउनुभयो ।यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एपमा पछिल्लो २४ घण्टामा ४८४ आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराउनुभएको छ भने त्यसबाट थप सात जना ‘रेडजोन’मा परेका छन् । रेडजोनमा परेका व्यक्ति भनेका सम्भावित संक्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उहाँले बताउनुभयो ।

प्रवक्ता देवकोटाले केही दिनयता मुलुकका विभिन्न क्षेत्रमा कीटनाशक औषधिका झोलले ‘स्प्रे’ गरी ‘डिसइन्फेक्टेड’ गर्ने गरिएको देखिएको बताउँदै त्यस्तो झोल सिधँै मानिसको शरीरमा छर्किदा हानिकारक हुनसक्दछ भन्नुभयो । उहाँले तोकिएको मापदण्ड पूरा गरी सही तरिकाले स्प्रे गरिएमा भने यसको प्रयोगले भूर्इँ र सतहलाई भने निसङ्क्रमण गर्न सकिने जानकारी दिनुभयो । कोरोनाको सङ्क्रमणबाट जोगिने सबैभन्दा सरल र उप्रभावकारी उपाय भने पटकपटक २० सेकेन्डसम्म मिचिमिची साबुन पानीले हात धुने र लकडाउनको पूर्ण पालना गरी सामाजिक दूरी कायम गर्नु नै हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ