arrow

बुटवलमा राहत रहस्यमय : वडा कार्यालयले तनाव दिएको भन्दै आत्महत्याको प्रयास

वडा कार्यालय भन्छ- कुनै पनि धम्की दिईएको छैन्

logo
 नारायण वली,
प्रकाशित २०७७ वैशाख २२ सोमबार
wada1.jpg

रुपन्देही । रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नं.११ मा राहतको विषयलाई लिएर आफुलाई वडा कार्यालयको वन्द कोठामा एक डेढ घण्टा राखेर जनप्रतिनिधिहरु सहित अन्य करिव २०–२५ जना मानिसहरुले मानसिक तनाव दिएको भन्दै एक महिलाले आत्महत्या प्रयास गरेको तथ्य फेला परेको छ ।

कोरोना भाईरस (कोभिड–१९)का कारण जारी लकडाउनले सवैक्षेत्रहरु वन्द हुन पुगेपछि अहिले दैनिक ज्यालामजदुरी गरेर खाने विपन्न परिवारहरुको स्थित निकै कष्टपर्ण वन्न पुगेको छ । जसका कारण गत शनिवार बुटव स्थित रहेको तिनाउ नदीमा बुटवल उप–महानगरपालिका वडा नं.११ का स्थानिय केही व्यक्तिहरु वालुवा निकालेर खानको व्यवस्था गर्ने भन्दै गएको र तिनाउ नदी पारीका स्थानियहरुद्धारा उनीहरुलाई त्यहाँबाट धपाएको विषयलाई लिएर उत्पन्न स्थितीले अहिले ठूलो रुप लिने अवस्थामा पुगेको छ।

सोही विषयलाई लिएर स्थानिय एक सीता आब्जुले वडा अध्यक्ष रामचन्द्र क्षेत्री र प्रतिनिधि सभा सदस्य विष्णु पौडेलको नाम लिदै निर्वाचनका वेला हात जोड्दै भोट माग्न आउने तर संकटको वेला गरिव जनताहरुको सेवामा कहाँ गएको भन्दै तिनाउ नदीमा जेसिवी लगाउन लकडाउन नहुने तर छाक टार्न समस्या भएपछि वालुवा उठाउँदा लखेट्ने भनी एक भिडियोमा वोल्दै सामाजिक सञ्जालमा हालेको विषय अहिले रहस्यमय वन्दै गएको छ ।

यस्तै भिडियो वनाएर जनप्रतिनिधिको नाम किन लिएको, कसले परिचालन गरेको र कसका लागि वनाईएको हो भन्ने सवालमा वडा कार्यालयमा जनप्रतिनिधि, प्रहरी र अन्य व्यक्तिहरुको समेत उपस्थितीमा करिव ४६ मिनेट ३२ सेकेण्ड सम्म खिचिएको भिडियोमा राहत नपाएको भन्ने कुरा गलत भएको, नेपालको सवैभन्दा ठूलो वडा बुटवलको ११ नं. वडा भएको र नेपालकै उत्कृष्ट काम गर्दै आएको वडाको छवि विगार्ने भन्दै वडा अध्यक्षले सोधेको स्पष्ट सुन्न सकिन्छ भने अन्य व्यक्तिहरु आक्रमक रुपमा प्ररस्तुत भएको भिडियोमा देख्न सकिन्छ ।

यता आत्महत्या प्रयास गर्ने महिला सीताले आब्जुले पहिलो चरणमा नसमेटिएकाहरुको राहत फारम भर्दा समेत किन नपाएको भन्दै वाध्य भएर वालुवा निकाल्न गएको भनी जनप्रतिनिधिहरुको नाम मात्रै लिएको तर गालीगलौज नगरेको बताइन। तर वडा कार्यालयबाट आफुलाई आगामी दिनमा कुनै पनि जनप्रतिनिधिको नाम लिएर वोलेमा छोराछोरीहरुलाई जे पनि हुन सक्ने धम्की दिएकाले आफु अन्यायका लागि वोल्न नछाड्ने र वोलेका छोराछोरीलाई असर पुग्ने भएकाले आत्महत्या प्रयास गरेको वताईन् । 

यस्तै उक्त कुरालाई अतिरञ्जित वनाउन खोजिएको वडा नंं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको भनाई रहेको छ । तर भिडियोमा धम्की दिएको आवाज नभएको र सीताकी छोरीले आफुले प्रत्यक्ष सुनेको दावी गर्दै एक कागजमा हस्ताक्षर समेत गराएको र उक्त कागज हेर्न खोज्दा नदेखाएको वताएकी छिन् । यसैविच ४६ मिनेट ३२ सेकेण्डको भिडियो हाम्राकुरासंग सुरक्षित राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ